© २०२३
काठमाडौँ ।
न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डसामु सोमबार विशाल लक्ष्य प्रस्तुत गरेको छ । ह्यामिल्टनमा तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा दुई विकेट गुमाएर १८ रन बनाएको छ ।
पाहुना टिमलाई जितका लागि अझै असम्भव देखिने ६ सय ४० रन बनाउन आवश्यक छ । त्यस अगाडि न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्समा ४ सय ५३ रन बनाएको थियो र यसक्रममा ६ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
इंग्ल्यान्डका लागि दुवै ओपनरले गतिलो प्रदर्शन गर्न सकेनन् र सस्तोमै आउट भए । ज्याक क्रली ५ र बेन डकेट ४ रन बनाएर आउट भए । नटआउट ब्याटरमध्ये ज्याकब बेथेलले ९ रन बनाएका छन् भने जोए रुटले खाता खोल्नै बाँकी छ ।
न्युजिल्यान्डका लागि म्याट हेनरी र टिम साउथीले एक एक विकेट लिएका छन् । तीन टेस्टमा २–० ले अगाडि रहेर इंग्ल्यान्डले यसअघि नै सिरिज जितिसकेको छ ।