Butwal Today

झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

१ पुष २०८१, सोमबार
अ+
अ-
 विराटनगर ।
झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका वडा नं. ५ का ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राई (ओम कुमारी राई) छन्। उनीहरूको उपचारको क्रममा दमक अस्पतालमा राति नै निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ का २७ वर्षीय विराज थापा घाइते भएका छन्। उनकाे उपचार बी एण्ड सी अस्पताल विर्तामोडमा भइरहेको छ।