Butwal Today

कर्णालीले सुदुरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, १ पुस। 

कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पार्यो ।

कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिए ।