ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

पत्रकार महासंघमा पहिलोपल्ट महिला नेतृत्व स्थापित

१ पुष २०८१, सोमबार
१ पुष २०८१, सोमबार

काठमाडौँ ।

देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व पहिलोपटक महिलाको हातमा परेको छ।

शुक्रबार भएको मतदानको अन्तिम परिणाम आइतबार राति अबेर मात्र सार्वजनिक भएको हो।

अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मत पाएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत पाए।

शुक्रबार सम्पन्न मतदानमा देशभरका ९ हजारभन्दा बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका छन्।

२०१२  सालमा स्थापित पत्रकार संघको उत्तराधिकारी संस्था नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा नाम लेखाएकी शर्मा कास्कीको पोखरामा जन्मिएकी हुन्। उनले आईएडसम्मको अध्ययन पोखरामा गरेकी थिइन्।

०५२ सालमा ‘श्री सगरमाथा दैनिक’ बाट पत्रकारिता थालेकी शर्माले रेडियो नेपाल र रेडियो सगरमाथामा पनि काम गरिन्। रेडियो कान्तिपुर र उज्यालो एफएम नेटवर्कमा पनि कार्यक्रम चलाएको अनुभव उनीसँग छ।

पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘समकोण’की प्रस्तोता रहेकी उनले नेपाली पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको नेतृत्वसमेत गरिसकेकी छन्।

नेपाल पत्रकार महासंघमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएर एक कार्यकाल अनुभव सँगालिसकेकी उनी अघिल्लोपटक (२०७७ सालमा) पनि अध्यक्षकी प्रत्यासी थिइन्। त्यतिखेर उनी विपुल पोखरेलसँग पराजित भइन्।

यसपालिको निर्वाचनमा शर्मालाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साथ थियो। युनियन र चौतारीले संयुक्त प्यानल घोषणा गरेकामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा यसै प्यानलको वर्चस्व कायम भएको छ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला) मा नितु पण्डित, उपाध्यक्ष (समावेशी) उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्।

शर्माका निकटतम प्रतिद्वन्द्वी विष्ट निवर्तमान उपाध्यक्ष हुन्। उनले युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका थिए। उनलाई प्रेस सेन्टरलगायत ६ वटा संगठनको साथ थियो।

कोषाध्यक्षमा भने विष्ट नेतृत्वको प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा ४ हजार २३० मत पाएर दीपक आचार्य निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत पाए।

उपाध्यक्ष (महिला) मा ४ हजार ७०५ मत पाएर नितु पण्डित निर्वाचित भइन्। उनकी निकटम प्रतिद्वन्द्वी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन्।

उपाध्यक्ष (समावेशी) मा उमिद बागचन्द ४ हजार २९२ मत पाएर विजयी भए। उनका निकटतम प्रतद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत पाए।

महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले ४ हजार ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत पाए।

खुला सचिवमा रमेश खतिवडा ३ हजार ४०० मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उत्तरसिंह विष्टका पक्षमा २ हजार ६७ मत परेको छ।

सचिव (महिला) मा सोनी शर्मा ४ हजार ३४७ मत पाएर विजयी भएकी छन्। प्रतिस्पर्धी सरिता बराइलीले २ हजार ८२३ मत पाइन्।

सचिव (आदिवासी जनजाति) मा सविन प्रियासन विजयी भएका छन्। उनले ३ हजार ५३५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी भिसन राईले २ हजार ४५७ मत पाए।

यस्तै सचिव (मधेसी अशोककुमार तिवारी ३ हजार ८५८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रीजन झाका पक्षमा २ हजार २४३ मत परेको छ।

सचिव (दलित) बाट प्रकाश धौलाकोटी निर्वाचित भएका छन्। उनले उनले ४ हजार ११० मत पाउँदा निकटतम प्रतिस्पर्धी वसन्त विकले १ हजार ८ सय ९२ मत पाए।

सचिव (एसोसिएट) मा वैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत पाएर जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विकास कार्कीले २ हजार ७३५ मत पाए।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। उनले ३ हजार ८४७ मत पाउँदा प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६४ मत पाए।

सदस्यहरूमा खुलातर्फ छविलाल तिवारी, भुपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना विजयी भएका छन्।

कोसी प्रदेशबाट कमल रिसाल र शंकर खरेल निर्वाचित भएका छन्। मधेसबाट राजु विश्वकर्मा र राजेशकुमार कर्ण विजयी भएका छन्। उपत्यकाबाहेक बाग्मती प्रदेशबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी सदस्य चुनिएका छन्।

गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना विजयी भएका छन् भने लुम्बिनीबाट रामराज पोख्रेल र विकास बन्जाडेले जितेका छन्।

कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट योगेन्द्रबहादुर बलायर र सुरेश पन्त केन्द्रीय सदस्य चुनिएका छन्।

उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, एसोसिएटबाट पवित्रा मुडभरी र मनुका कुँवर निर्वाचित भएका छन्।

प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली र सविता शर्मा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

मधेसी महिलाबाट रूबीकुमारी रौनियार, आदिवासी जनजाति महिलाबाट माला पालुङवा, खस आर्य महिलाबाट लीला शाह योगी, दलित महिला रीता बुढाथोकी (निर्विरोध) केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?