ट्रेंडिंग:

>> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन

श्रृङ्गीघाट सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

३० मंसिर २०८१, आइतबार
३० मंसिर २०८१, आइतबार

जितपुर, ३० मंसिर  ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार औपचारिक सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा आयोजित कार्यक्रमका बीच निर्वाचन मण्डलका संयोजक रामजी सेनले पदाधिकारीहरूलाई सपथ गराएका हुन् ।

गणेश बहादुर सिंह ठकुरी (सुशील) दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा बुद्ध बहादुर शाही, सचिवमा कमला सेन सुष्मा, सह–सचिवमा हरि प्रसाद पौडेल, र कोषाध्यक्षमा विना राना बुढाथोकी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा १५ जना चयन भएका छन्, जसमा लिलाराम चमार, सीता गैरे, भोजराज आचार्य, शोभाखर पौडेल, विष्णु वि.सी., मिना थारु, सुनिता श्रेष्ठ, पोखराज थारु, मथुरा आचार्य, गीता वि.सी., होम बहादुर सेन, हरि बहादुर पुन, र ज्ञानु कुमारी नेपाली रहेका छन् । लेखा समितिको संयोजकमा गुरुदेव पौडेल चयन भएका छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै श्रृङ्गीघाट सामुदायिक वनलाई जिल्लाको उदाहरणीय वनको रूपमा उल्लेख गरे। उनले सामुदायिक वनहरूले संरक्षण र प्रवर्द्धनका साथै समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेको भन्दै वनको सही व्यवस्थापन र बजेटको सदुपयोगमा जोड दिए ।

कार्यक्रममा मोतीपुर सब–डिभिजन वन कार्यालय प्रमुख ऐजाज अहमद अन्सारी र पिपरा सब–डिभिजन वन कार्यालय प्रमुख मोहन मिश्रले वन व्यवस्थापनका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै दक्ष कर्मचारी नियुक्ति र संरक्षणका थप उपायहरू अपनाउन सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले सबैलाई मिलाएर वनलाई प्रदेश हुँदै राष्ट्रकै नमुना वन बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले “हरियो वन, बाणगंगाको धन” नारालाई सार्थक बनाउन दिगो विकास र संरक्षणमा ध्यान दिने बताए ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले सहमति र सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिएका थिए। निवर्तमान पदाधिकारीहरूलाई सम्मान पत्र प्रदान गर्दै निर्वाचन मण्डल सदस्य बेदराज नेपालीको स्वागत मन्तव्य र चेतना अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?