Butwal Today

बाघको आक्रमणबाट चारजना जोगिए

३० मंसिर २०८१, आइतबार
अ+
अ-

नेपालगञ्ज, ३० मंसिर

बाँकेको राप्ती सोनारी गाउँ पालिका ६ स्थित सदाबहार सामुदायिक वनमा चारजना लाई बाघले आक्रमणको प्रयास गरेको छ ।

शनिवार सामुदायिक वनको कुल्ली डाँडामा दाउरा काट्न गएका चारजनाको समूहलाई पाटे बाघले आक्रमणको प्रयास गरेको हो । स्थानीय चारजना एकै ठाँउमा दाउरा काटिरहेको अवस्थामा एक्कासी बाघले आक्रमण गर्न खोजेको सोही रहेका विरेन्द्र थारुले जानकारी दिए ।

उनले भने सबै भन्दा अगाडि म नै थिएँ, एक्कासी मलाई झम्टिन आउँदा बाघ मालुको झाङ्गमा अड्किए पछि हामी चारैजना भाग्न सफल भयौं । बाघले झम्टिन प्रयास गरेको बारे संगै गएका अन्य साथिहरुलाई समेत जानकारी गराए पछि सबैजना समयमै वनबाट निस्किन सफल भएको उनले बताए ।

सामुदायिक वनमा बाघ देखिएको सूचना थाहा पाएपछि स्थानीयलाई अवको केहीदिन घास दाउरा काट्न नजान र जानै परे सजकता अपनाउन आग्रह गरिएको राप्ती सोनाली गाउँ पालिका ६ का वडा अध्यक्ष लबराज खरेलले जानकारी दिए ।