Butwal Today

प्रधानमन्त्री ओली: नेकपा एमाले देश निर्माणका लागि समर्पित पार्टी हो

३० मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका लागि बनेको पार्टी भएको बताएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन्।

प्रधानमन्त्री ओलीले भने, “यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो।” उनले नेकपा एमाले जन्मकै बेलाबाटै एउटा महान उद्देश्य काँधमा बोकेर अघि बढेको उल्लेख गर्दै भने, “देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको छ।”

उनले पार्टीका नेता र कार्यकर्ताहरुलाई जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न निर्देशन दिएका छन्। “परिस्थितिमा परिवर्तन ल्याउने गरी यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रूप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,” प्रधानमन्त्री ओलीले थपे।

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनु पर्ने बताएका छन्। उनले भने, “जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन। गरिबी निवारण हुनुपर्छ, खान–लाउन पाउनु पर्छ। मुख्य अधिकार त त्यो हो नि। बाँच्न पाउने अधिकार मुख्य कुरा हो। जनताले सजिलोसँग बाँच्न पाउनु पर्छ। बाँच्नका लागि खान, लगाउन, बस्न पाउनु पर्छ।”

You said: