Butwal Today

नेकपा एसको स्थायी कमिटी बैठक लम्बियो, भोली नेताहरूको कार्यबिभाजन सक्ने

३० मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक लम्बिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसीर देखी जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम नसकिए पछि लम्बिएको हो ।
आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललगायतले धारणा राखेका छन भने भोली अध्यक्ष नेपालले जवाफ दिने र नेताहरूको कार्यबिभाजन तय गरिने भएको  छ।

भोलीको बैठकमा विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरुको जिम्मेवारी तोक्ने देखी पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?