Butwal Today

त्रिविको कार्यकारी परिषद्ले ८ डीन र ३ निर्देशक नियुक्त

३० मंसिर २०८१, आइतबार
अ+
अ-

 काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले शनिबार ८ डीन नियुक्त गरेको छ। रजिस्ट्रार केदार प्रसाद रिजालका अनुसार, कार्यविधिको आधारमा तीन जनामध्ये एक जनालाई छान्ने विधि प्रयोग गरिएकाे थियो र सर्वसम्मतिले डीन नियुक्त गरिएको हो।

रिजालले भने, “दोस्रो पटक डीन नदोहोर्‍याउने नीति लिइएको छ।” छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकाे व्यक्तिलाई चयन गर्ने कि अर्को छान्ने भन्नेमा केही विवाद थियो, तर परिषद्ले वर्णानुक्रम अनुसार नाम भएकालाई चयन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्ति प्रक्रिया पूरा गर्न निर्देशन दिएका थिए।

नियुक्त डीनहरू:

  1. शिक्षाशास्त्र संकाय – प्रा.डा. बेदराज आचार्य
  2. वन विज्ञान अध्ययन संस्थान – सहप्राध्यापक ठाकुर सिलवाल
  3. चिकित्साशास्त्र अध्ययन संस्थान – प्रा.डा.मोहोनराज शर्मा
  4. मानविकी तथा सामाजिकशास्त्र – प्रा.डा. द्विविनन्द ढकाल
  5. व्यवस्थापन संकाय – प्रा.डा. महानन्द चालिसे
  6. विज्ञान तथा प्रविधि अध्ययन संस्थान -प्रा.डा. शंकर खनाल
  7. कृषि र पशुविज्ञान अध्ययन संस्थान – सहप्राध्यापक डा। किशोरचन्द्र दाहाल
  8. इन्जिनियरिङ अध्ययन संस्थान – प्रा.डा. सुशीलबहादुर बज्राचार्य

नियुक्त तीन निर्देशकहरू:

  1. शिक्षा विकास तथा अनुसन्धान केन्द्र – डा. सहप्राध्यापक राजेन्द्र कुँवर
  2. व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्र – प्रा.डा. मिना राजभण्डारी
  3. योजना निर्देशनालय – सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।