Butwal Today

असदको पतनपछि सिरियामा बारूदी सुरूङमा परी २१ जनाको मृत्यु

३० मंसिर २०८१, आइतबार
अ+
अ-

दमास्कस ।

सिरियाली राष्ट्रपति बसर अल असदको पतनपछि सिरियामा विस्फोट नभएको हतियारबाट २१ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले करिब एक साताअघि बसर अल असदको पतनपछि दुई बालबालिकासहित २१ जना सर्वसाधारणको मृत्यु भएको बताएको हो ।

ती मानवीय हताहतहरू विभिन्न क्षेत्रहरूमा भएका थिए, जस अनुसार होम्समा ६ जना, डेर एजोरमा ४ जना तथा पाल्माइरा र मानबिजमा ३–३ जनाको मृत्यु भएको थियो भने  अलेप्पो र इडलिबले २-२ जनाको ज्यान गएको ताल रिफातले एक तथ्यांक सार्बजनिक गरेका छन् ।

बेलायतमा अनुगमन समूहका अनुसार युद्धबाट बाँकी रहेका बारुदी सुरंगहरूका कारण धेरैको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । यो संख्या अझ बढन सक्ने खतरा उत्तिकै रहेको उसले चेतावनी दिएको छ ।