ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’

२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

नवलपरासी, २९ मंसिर ।
जिल्लाको प्रतापपुर गाउँपालिकाले आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका आधारभूत तहलाई पूर्ण निःशुल्क बनाउने गरि गाउँपालिका लागेको जानकारी पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् । पालिका, विद्यालय र सरोकारवालाहरूको सम्वाद कार्यक्रममा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

विगत देखि नै विभिन्न विद्यालयले विद्यार्थी तथा अभिभावकबाट विभिन्न सहयोगको नाउमा रकम उठाउँदै आएको र ती कार्य निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ विपरित रहेको हुँदा कानुन कार्यान्वन गर्दै सो कार्य रोकिने समेत उनले बताएका थिए । विद्यालयमा आर्थिक स्रोतको कमि देखाउदै विद्यालयले सहयोग रकम उठाउने गरेका छन्, उनले भने, आउने शैक्षिक सत्र देखी आधारभुत तहसम्मका सबै प्रकारका खर्च गाउपालिकाले ब्यहोर्ने र पुर्ण निःशुल्क घोषणा गरिने छ । माध्यमिक तहलाई पूर्ण निःशुल्क बनाउनका लागि प्रदेश सरकार तथा संघीय सरकारले समेत ब्ययभारमा सहभागिता लिइनु पर्ने उनको भनाई थियो ।

पहिला आधारभुत तहलाई पूर्ण निःशुल्क बनाईन्छ, उनले थपे, सबै तहका सरकार र सरोकारवालाको सहयोगमा माध्यमिक तहलाई पनि छिट्टै घोषणा गरि नेपालमै पहिलो पूर्ण निशुल्क सामुदायिक विद्यालय भएको पालिका घोषणा गर्ने लक्ष्य उनले सुनाएका थिए । संविधान र ऐनमा भएका जनताका अधिकार प्रत्याभूति गराउन स्थानीय सरकार मात्रै नभई प्रदेश र संघ सरकार पनि लाग्नु पर्ने आवश्यकता उनले औंल्याएका थिए । त्यसै गरि सामुदायिक विद्यालय भएका कारण सामुदायिक लगानी पनि आकर्षित हुनुपर्छ, पुर्ण निःशुल्क विद्यालयसँगै गुणस्तरिय शिक्षा प्रदान गर्नु पनि हाम्रो लक्ष्य रहेको उनाएका थिए । सामुदायिक विद्यालयहरूमा संविधान र कानुन विपरित विभिन्न सहयोग लिइने नाँउमा अभिभावक तथा विद्यार्थीबाट गैर कानुनी रकम उठाउने कार्य भई नै रहेको छ । यसका लागि कानुन र संविधानको परिपालना गर्नमा प्रतापपुर गाउँपालिकाले अग्ररता देखाएको कार्य सराहनिय रहेको कानुनी सहायता तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका संघीय सांसदका पूर्व साँसद समेत रहेका रामलखन हरिजनले बताएका थिए ।

केन्द्रले सो पालिकामा सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणस्तरिय शिक्षाका लागि विद्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यशाला गर्दै आएको छ । यहिँ शैक्षिक सत्र भित्र सबै विद्यालय ब्यवस्थापन समिति, वडा हुँदै गाउँपालिकालाई पुर्ण निःशुल्क शिक्षा गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ उक्त कार्यशाला गरिएको सस्थाका संस्थापक अध्यक्ष समेत रहेका पुर्व साँसद हरिजनले बताएका थिए । उनका अनुसार विगतमा विद्यालयमा शुशासन अभियान सञ्चालन गर्न दवाव समुहले कार्ययोजना बनाएको थियो ।

कार्ययोजना अनुसार नै ति समुहलाई शसक्ति करण र क्षमता अभिवृद्धि गराउने कार्यशाला र सम्वादका कार्यहरू भई रहेका छन् ।
नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो । संविधानले समेत निशुल्क शिक्षालाई अंगिकार गरेको छ, त्यसमा पनि निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको ७ बर्ष भएको छ, तर सामुदायिक विद्यालयमा सहयोग लगायत विभिन्न नाममा शुल्क उठाउने कार्य रोकिएको छैन् । संविधान र ऐनको कार्यान्वयनका लागि पनि अभियान सञ्चालन गर्न परेको उनको भनाई थियो । सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्ने कार्य निरन्त चलिरहेको हुदा संविधान र ऐन कार्यान्वयन तफै स्थानिय तह र स्थानिय जागरुक बनाउन संवादमा बोल्ने बक्ताहरूले यस्तो अवस्था रोक्नका लागि स्थानीय तहबाट शुरु हुनु पर्ने बताएका थिए ।

सरोकारवालासँगको संवाद कार्यले ब्यवस्थित तरिकाले विद्यालयमा जागरुकता हुनेछ । जनप्रतिनिधिहरूले पनि आफ्ना काम कर्तब्य र अधिकारबारे जानकारी पाएका छन । दवाव समुहले पनि कानुनी विधि प्रकृयाको बुझाई भएको छ । यसले गर्दा विद्यालय शुसासनका मुख्य चार भाग, पारदर्शिता, सहभागिता, पाठ्यक्रम परिमार्जन र स्रोत ब्यवस्थापनबारे संवादमा प्रष्ट्याइएको थियो ।

संवादले नेतृत्व क्षमताबारे जानकारीले झन शसक्त बनाएको छ । विद्यालय,अभिभावक र शिक्षकको अन्तर समन्वय र जनप्रतिनिधिको भुमिका प्रभावकारी हुनेछ । विद्यालय प्रशासनले आर्थिक भ्रष्टाचार गर्दा अन्य शिक्षकहरू समय र दायित्व प्रति गम्भिर हुन सकेका छैनन्, संवादमा प्रश्नहरू समेत उठेको थियो । विना रसिद रकम उठाउने र विद्यालय ब्यवस्थापन समितिलाई भोज खुवाउने जस्ता कार्य पनि विद्यालयमा हुने गरेको भेटिएको छ । यस्तो विकृतिले गुणस्तरिय शिक्षा कसरी हुन्छ ? विद्यालयको अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गराउदा पनि अनुगमन हुन सकेको छैन् ।

नेपालको संविधान भाग ३ को धारा ३१ र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ एवम् प्रतापपुर गाउँपालिकाको शिक्षा ऐन २०७९ (प्रथम संसोधन) समेतले प्राथमिक तह देखि माध्यमिक तह शिक्षा सम्म निःशुल्क शिक्षाको ब्यवस्था गरेको छ । सोही अनुसार सामुदायिक विद्यालयहरूमा भर्ना र पठनपाठन गर्न गराउन र अभिभावक र विद्यार्थीहरूबाट कुनै पनि बहानामा कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने बैधानिक व्यवस्था छ । प्रतापपुर गाउँपालिकाको शिक्षा ऐनको भाग २ को १० क. मा आवश्यक अनुगमन गर्ने गराउने व्यवस्था अनुसार प्रतापपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत समक्ष समावेशी विद्यालय शिक्षाको लागि समुदाय एक साथ ल्याउने परियोजनाका हामी निःशुल्क तथा अनिवार्य र गुणस्तरीय शिक्षा सम्बन्धी पालिका स्तरीय दबाव समूहले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?