ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

गुरुको समीपमा

२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

८२ वर्ष पुगेका कौशल बस्याल गुरुसँग बुटवल कालिका क्याम्पसमा भेट्ने सुनौलो अवसर जुर्यो । गुरु टाठा रहेछन् अझै । बोली पनि उस्तै । मैले समीपमा पुगेर नमस्कार गरें । गुरुले अचेल के गर्दैछौं दलबहादुर भनेर सोधे । मलाई अझै बिर्सिनु भएको छैन भनेर ठट्यौलीपारामा सोधें ।
बुटवलको ज्ञानोदय रात्रि माविमा २०४५ देखि ०४७ सालसम्म उनकै विद्यार्थी थिएँ । उनका प्यारा विद्यार्थीभित्र म नि थिएँ । गुरुले हामीलाई कक्षा ८ देखि १० सम्म नेपाली विषय पढाउँथे । गुरुको पढाउने शैली खुबै मन पथ्र्यो । करिव २८ वर्ष उनले ज्ञानोदय र २९ वर्ष कालिका मानवज्ञान माविमा पढाएर निवृत्त भएका छन् । शालीन,भद्र र मिलनसार कौशल गुरुसँग हामी खुबै झ्याम्मिएका थियौं । उनीसँग नजिक हुनुको कारणले हामीलाई ज्ञानको भोक जगाएको थियो । ज्ञानी बन्नू,अनुशासित बन्नू र भविष्यमा असल मान्छे बन्नू भन्ने गुरुको सधैं हामीलाई आशीर्वचन हुने गथ्र्यो ।
जाँगरिला थिए गुरु । दिनभर कालिका स्कुलको हेडमास्टरी गरेर नथाकी ज्ञानोदय रात्रि माविमा पढाउन आइपुग्थे । उतिबेला उनी हर्कुलस साइकिलमा टिर्लिङ्गटिर्लिङ्ग घण्टी बजाउँदै साँझको पाँच बजे स्कूल आइपुग्थे । राति १० बजे, बिदापछि सबै घरतिर फर्किन्थ्यौं । उनी आफ्नो घर हस्पिटल लाइनतिर भने हामी पाल्पाको दोभानतिर ।
कक्षाका साथीहरू मिलेर एकएक रूपैयाँ उठाएर मैले गुरुलाई दिन्थें । त्यसपछि श्रुतिलेखनका लागि हामी तयार भएपछि गुरुले शब्दहरू लेख्न दिन्थे । एकपटकमा दसवटा शब्दहरू लेखेपछि कापी चेक हुन्थ्यो । जसले उच्चारित शब्दहरू शुद्धसँग लेख्थ्यो, उठाएको पैसा प्रथम,द्वितीय र तृतीय भएवापत गुरुले नै पुस्कारस्वरूप विद्यार्थीलाई नै दिन्थे । जस्तैः आशीर्वाद, धन्यवाद्, अनुशासन, शालीन, सुशीला, सत्मर्कजस्ता शब्दहरू शुद्ध गरी लेख्न सकेमा हामीले आफैले उठाएको रकम पुरस्कार प्राप्त गथ्र्यौं ।
यसरी श्रुतिलेखनबाट प्राप्त गरेको पुरस्कारले कैयौंपटक मैले कापी,कलम किनेको छु । त्यतिमात्र होइन, आफ्नो भाषालाई शुद्धीकरण गर्न सजिलो मानेको छु । उच्चशिक्षामा नेपाली मूलविषय लिइ नपढेपनि उक्त श्रुतिलेखन प्रतियोगिताले आजसम्म दिशानिर्देश गरिरहेको महसुस् गरेको छु । नेपाली विषयको जग राम्रो बनाउन श्रुतिलेखन,सरस्वर वाचन,निबन्ध लेखन,कविता लेखन र सप्रसङ्ग व्याख्या गर्ने अभ्यासले आजपनि लेखनकर्ममा सहज बनाएको मैले अनुभव गरेको छु ।
कोही दिनभर आफ्नै काम गरेर, कोही बिटीआईमा काम गरेर वा कोही साहुकहाँ काम गरेर हामीहरू ज्ञानोदय रात्रि माविमा पढ्न भेला हुन्थ्यौं । हामी सबै रोजगार र स्वरोजगारी थियौं । मैले त दिनभर वनमा बाख्रा चराएर रात्रि स्कुल पढ्न आइपुग्थें । कामले थाकेको शरीर लिएर आउँदा पनि सरहरूको फूर्तिलो पढाईले उत्साह र उर्जा थप्थ्यो । हाम्रो पालमा हेडसर लवकुमार जोशी थिए । भैरव चर्तुर्वेदीले पनि पढाउँथे ।
नेपाली पढाउने गुरु भएर होला,कौशल गुरु कोमल मनका थिए । भावनात्मक कुरा गथ्यौं कैयौंपटक । उनको बानीव्यवहारले सारै खिच्थ्यो हामीलाई । दैलेखका गोपाल,पाल्पाका डम्बर,रूपन्देहीका तिलकलगायत हामी गुरुका असल चेला थियौं । हामीलाई गुरूप्रति सच्चा श्रद्धा जाग्थ्यो । गुरुले पनि हामीप्रति असल भाव प्रकट गर्थे । अभावमा हुर्किएका थियौं हामी । पसिनासँग पढाई साट्ने विद्यार्थी थियौं । ज्ञानोदय रात्रि मावि, हामी सबैको रहरको विद्यालयभन्दा पनि बाध्यताको स्कुल थियो । दिनभभर काम गरेर पढ्नै पर्ने स्कुल थियो ज्ञानोदय ।
हुन त त्यतिबेला ज्ञानोदय रात्रि माविको एसएलसीको नतीजा जिल्लाकै उत्कृष्ट मानिन्थ्यो । उक्त स्कुलमा पढ्न पाउनु गौरवको विषय ठानिन्थ्यो । सक्षम शिक्षक,कडा प्रशासन,अनुशासित विद्यार्थीकै कारण एसएलसीको नतीजा उत्तम हुने गथ्र्यो । काम गर्दै, पढ्दै गर्दा पनि नतीजा उल्लेखनीय हुन्थ्यो तर आज विद्यार्थीलाई सबै कुराको सेवा,सुविधा प्राप्त हुँदासमेत किन सोचेजस्तो नतीजा आउन सकेको छैन । गहन छलफलको विषय बनेको छ ।
कौशल गुरु आजपनि तन्दुरुस्त छन् । निरोगी छन् । शान्त र शालीन छन् । उमेरले शरीरमा कमजोरी हुनु त सामान्य कुरा हुन सक्लान् । तर आँट,हिम्मत,सम्झन सक्ने खुवी र कुराकानी गर्ने शैली एवम् उतिबेलाको व्यवहार आजपनि दुरुस्तै देख्दा मेरो मनमा गुरूप्रति थप श्रद्धा र सम्मान जागृत भइरह्यो । ३५ वर्षपछि देख्दा,भेट्दा र कुरा गर्दापनि उस्तै लाग्ने कौशल गुरुले मेरो नामभने पत्रपत्रिकामा देखिरहेको कुरा सुनाए । गुरुले,मेरा लेख,रचना पढ्दै गरेको बताउँदा मभने खुसीले पुलकित भएँ ।
गुरुको समीपमा क्षणभर रहँदापनि आफूलाई खुसी लाग्यो । गुरूप्रति भक्तिभाव प्रकट गर्न मन जाग्यो । सधैभरि यसरी नै रहन पाए कस्तो हुन्थ्यो होला,मनमा अनेक प्रश्नहरू जागृत भए । गुरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै बिदा हुनेबेला क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामी, क्याम्पस प्रमुख घनश्याम पाठक सँगै थियौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?