Butwal Today

श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतको रूपमा सिफारिस भइएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ।

संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै, राजदूत नियुक्तिका लागि सिफारिस भइएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा, १० दिनभित्र मर्यादित भाषामा आधार र प्रमाणसहित उजुरी दिने आग्रह गरेको छ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?