Butwal Today

राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल, र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूतमा नियुक्त गर्नुभएको हो।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यी नियुक्तिहरू गरिएका हुन्, जसको जानकारी राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा दिएको छ।

नियुक्त भएका राजदूतहरूले चाँडै सम्बन्धित देशमा पुगेर कार्यभार सम्हाल्नेछन्।