Butwal Today

मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

तनहुँ।

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा सडक स्तरोन्नति कार्यका कारण पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडकमा आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म यातायात बन्द रहनेछ।

प्रहरी कार्यालयले यातायात व्यवसायी र यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।