Butwal Today

अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ। सङ्घको भर्चुअल बैठकमा चितवनलाई आधार मान्दै अण्डाको नयाँ मूल्य लागू गरिएको हो।

आजदेखि मध्यम अण्डाको मूल्य प्रति क्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रति क्रेट ४८५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मङ्सिर २२ गते मध्यम अण्डाको मूल्य ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य ४७० रुपैयाँ तोकिएको थियो।

सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १ सय ४० रुपैयाँ थप लाग्ने जानकारी दिएको छ।