ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

सल्यान, २६ मंसिर ।
सल्यानको त्रिवेणि गाउँपालिका वडा नम्बर ४ चैतेडांडा स्थित सिद्ध आधारभुत विद्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल सहित जिल्ला स्तरिय अनुगमन टोली मंगलवार पुग्यो । विद्यालय परिसरमा प्रवेश गर्दा शिक्षण प्रक्रियाप्रति बालबालिकाको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो । टोलिले कक्षा १, २ र ३ कक्षा संगै बाल पुस्तकालयको समेत अवलोकन गर्याे । कक्षाकोठामा सजावट स्वरूप आकर्षक अक्षर र चित्रहरू टाँसिएका थिए । कक्षाकोठामा भाषा शिक्षकले अक्षर र शब्द चिनाउने गतिविधिमा बालबालिकालाई व्यस्त राखेका थिए । पढाइ वैज्ञानिक विधिमा आधारित थियो, जसले बालबालिकालाई सजिलै सिक्न प्रेरित गरिरहेको देखिन्थ्यो ।

जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा पढाइ र पुस्तकालयको जिल्लास्तरिय अनुगमन तथा समीक्षा गरिएको हो । जिल्लाको त्रिवेणि गाउँपालिका र बागचौर नगरपालिकामा बालबालिकाको पढ्ने सीप र बानिको बिकासका लागि प्रारम्भिक कक्षा पढाइ र बाल पुस्तकालयको अनुगमन गरिएको साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए ।

त्रिवेणि गाउँपालिका वडा नम्बर ४ चैतेडांडा स्थित सिद्ध आधारभुत बिद्यालयमा अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले कक्षा अवलोकन गर्दा बालबालिकामा पढाइप्रति निकै राम्रो चासो देखिएको बताए । साक्षरता कार्यक्रमले बालबालिकाको पढ्ने बानी र क्षमता मात्रै नभई उनीहरूको जीवन बदल्ने बानी विकास गर्न ठूलो योगदान पु¥याएको छ । पढाइ गतिविधि र पुस्तकालयको उपयोगलाई अझ प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधी, शिक्षक, अभिभावकबीचको सहकार्य आवश्यक छ, उनले भने ।

रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवरले शिक्षकहरूलाई प्रशिक्षित गर्दै प्रारम्भिक कक्षामा पढाइको उपयुक्त र बैज्ञामनीक विधि प्रयोग गरेर बालबालिकालाई अक्षर चिन्ने, शब्द बनाउने र वाक्यको संरचना बुझ्न सहयोग गर्नका लागि साक्षरता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । कार्यक्रमको प्रभावकारीता देखेर स्थानीय तहहरूले साझेदारी गरिरहेको र कतीपय स्थानीय तहहरूले आफ्नै सम्पूर्ण लगानीमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।

अनुगमन टोलीमा सहभागी क्रममा त्रिवेणि ४ का वडा अध्यक्ष छविराज शर्मा, जिल्ला समन्वय अधिकारी निम बहादुर वली, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्य, दलित बिकास समाज सल्यानका सदस्य शान्ता नेपाली, विव्यस अध्यक्ष कुल बहादुर पुन, प्रअ कुमार बस्नेत लगाएतले अनुगमनको अनुभुती सहित आवश्यक सुझाव प्रस्तुत गरेका थिए । अनुगमनले बालबालिकाको पढाइ र अध्ययन बानीमा उल्लेखनीय सुधार आएको देखिएको भन्दै टोलीका सदस्यहरूले कार्यक्रमलाई थप प्रभावकारी विभिन्न सल्लाह र सुझाव पनि दिएका थिए । अभिभावक र समुदायलाई अझ बढी सहभागी गराई बालबालिकाको अध्ययन बानीलाई घरमै पनि निरन्तरता दिन प्रेरित गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

भाषा शिक्षकहरूले अनुभव सुनाउदै कक्षाकोठामा बालबालिकाको रुचि र ध्यानलाई समेट्न यो कार्यक्रम अत्यन्त उपयोगी देखिएको जनाए । कक्षा १ का भाषा शिक्षक लक्ष्मी खड्काले पहिले अक्षर चिन्न समस्या भएकाहरूले अहिले सजिलै पढ्न र लेख्न थालेको भन्दै पुस्तकालयले उनीहरूलाई स्वतन्त्र रूपमा पुस्तक पढ्न सिकाएको उल्लेख गरिन् ।

यस्तै कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयका साक्षरता कार्यक्रम लागू भएर महत्वपूर्ण सुधारका काम भएपछि आफ्ना वालवालिकाहरू नियमित स्कुल जाने गरेको, घरमा पनि नियमित पढ्ने गरेको अनुभव सुनाएका थिए । प्रारम्भिक कक्षामा बालबालिकालाई अक्षर चिनाउने, शब्द निर्माण गराउने र कथा वाचन गराउने विधिहरूले छोटो समयमा ठूलो सुधार ल्याएको तथा शिक्षकहरूलाई पनि थप जिम्मेवार बनाएको साक्षरता सहजकर्ता कमल महताराको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?