Butwal Today

नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान

२६ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं।

बुधबार २२५ जना नेपाली शान्ति सैनिकहरूको टोली संयुक्त राष्ट्रसंघको यूएन मिसनमा प्रस्थान गरेको छ। यो टोली महावीर गणको दोस्रो डफ्फाको बदलीका लागि युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फामा पठाइएको हो।

प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा यो टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको हो। यसअघि, सोही मिसनमा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते स्वदेश फर्किएका थिए।

हालको समयमा उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।