Butwal Today

आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो

२६ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं।

आज शेयर बजार उच्च अङ्कले बढेको छ। लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५.८८ अङ्कले बढेर २,७१५.७१ विन्दुमा पुगेको छ।

आज म्युचल फन्ड बाहेक सबै समूहका शेयरमा वृद्धि भएको छ। विशेषगरी, बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहका शेयरमा उच्च अङ्कको वृद्धि देखिएको छ।

न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा बढी बढेको छ। तथापि, खानी खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ। हिजो ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३०८ कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएको छ। आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिद/बिक्री भएको छ।