Butwal Today

अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२६ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको प्रमाणपत्रको छानबिन गर्दा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको कारण आज अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कुँवरले शैक्षिक योग्यताको प्रमाणपत्रको छानबिन शुरु भएपछि राजीनामा दिएका थिए। अख्तियारले दायर गरेको रिटमा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल परीक्षा उत्तीर्ण गरेको झुटो प्रमाणपत्र पेस गरेको आरोप लगाइएको छ। यसद्वारा कुँवरले राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा प्राप्त गरेको र विभिन्न ओहदा तथा लाभ प्राप्त गरेको आरोप लगाइएको छ।