ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

पर्वतेको गरिमा जोगाउने कि गुमाउने ?

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

नेपालका पर्वतमाथि पछिल्लोसमय चुनौतिहरू थपिएका छन् । पर्वत संरक्षणको कुरा बर्षको एकपटक मात्रै, त्यो पनि दिवसको अवसरमा चिन्तन गरेर औपचारिकता पूरा गरिन्छ । संरक्षणमा हुने सुस्त अभियानको कृयाशीलताले पर्वत जोगाउनेतर्फ खासै ध्यान पुगेको मान्न सकिदैन् । बुधवार पनि त्यही औपचारिकता पूरा गरिदैछ, जो विगतमा गरिएको थियो । आज विश्व पर्वत दिवस । ‘पर्वत दिगो भविष्यका समाधानका आधार’ भन्ने नाराका साथ यो बर्ष आज विश्व पर्वत दिवस मनाईदैछ । पछिल्लोसमय हाम्रा पर्वत कालापत्थर हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । पर्वत वातावरणीय दृष्टिले मात्रै होइन, प्रकृतिका अनेक आयाममाझ हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । पछिल्लोसमय नेपालका पर्वत हिउँ बिनाका हुने अवस्था उत्पन्न भैरहेको छ । जाडोयाममा समेत पर्वतमा प्रशस्त हिउँ नपर्दा प्राकृतिक हिसावले पनि समस्या उत्पन्न हुने हो कि भन्ने चिन्ता छ । विश्व पर्वत दिवस मनाउँदै गर्दा पर्वत संरक्षणमा ध्यान दिनु जरुरी छ । त्यसो त नेपालको कूल भू–भागको १५ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ । यो गौरव सदैव कायम राख्ने हिसावले जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्ने खाँचो छ । पछिल्लोसमय नेपालमा मात्रै होइन, विश्वमा बदलिँदो जलवायुको असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन् ।

हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरू समेत लोप हुने अवस्था आएको छ । पर्वत बचाउने चुनौति बढ्दै गएको छ । नेपालका पर्वतहरूमा अव हिउँ होइन कि कालो पहाड बन्ने खतरा देखिएको छ । दिवसको अवसरमा यो गंभीर विषयमा पनि बहस र छलफल गर्ने समय आएको छ । त्यसमाथि जलबायु परिवर्तनको असरले हिमाललाई प्रत्यक्ष प्रभावित गरेको छ । हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरू लोप हुँदै गएका छन् । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा राखिरहँदा विश्व समुदायको ध्यान नेपालमा आकर्षित भएको छ । निश्चितरूपमा बढ्दो जलबायु परिवर्तनको असरबाट हिमाल बचाउनेतर्फ नेपालकोमात्र होइन सारा संसारकै ध्यान जानुपर्ने खाँचो छ । विश्वका हिमश्रृंखलाहरू त्यसैपनि अहिले जलबायु परिवर्तनको चुनौतिसंग जुधिरहेको बेला अव विश्वको ध्यान संरक्षणमा जानु जरुरी छ । नेपालीले नेपालका हिम श्रृंखलामा अनेक विश्व रेकर्ड कायम गरेका छन् । नेपालीहरूको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखिको अन्योन्याश्रित सम्बन्ध छ । नेपाल हिमाल र पर्वतहरूको संगम हो । वातावरणीय जीवनसंग हाम्रो हिमाल र पर्वत जोडिएको छ । नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैलेपनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । तसर्थ अब पर्वतलाई पर्वतकै रूपमा रहन दिने हो भने जलवायु परिवर्तनको असरबाट नेपाललाई सुरक्षित वनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । अवको दिनमा नेपालमा रहेका आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये आठवटाले मात्रै विश्व पर्वतारोहण महासंघको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको अवस्थामा थप अरू हिमाललाई पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हिमालको रूपमा सूचीकृत गराउनेतर्फ पहल जरुरी छ । सरकारले थप चुचुराहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेतर्फ पहल गरोस् । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवद्र्धन गर्न पर्वत संरक्षणमा नयाँ ढंगको बहस जरुरी छ । होइन भने पर्वतेको रूपमा रहेको नेपालीको गौरव पनि एक दिन खोसिने अवस्था आउन सक्छ । अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतेहरूको देशको रूपमा समेत चिनिन्छ । अव पर्वते देशको पहिचान बढाउने हो भने पर्वत जोगाउनेतर्फ हाम्रो ध्यान जानु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?