Butwal Today

काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य

२६ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले १९ ओभर दुई बलमै आफ्नो सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । अब लुम्बिनीलाई जितका लागि १२० बलमा १०४ रन आवश्यक हुन्छ ।

काठमान्डुका लागि ओपनर स्टिफन स्किनाजीले १३ रन बनाए । अर्का ओपनर माइकल लेभिट शून्य रनमै आउट भए । भीम सार्कीले ३१ रन बनाउँदा ड्यान डथवेटले २१ र प्रतीक श्रेष्ठले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

बलिङतर्फ लुम्बिनीका साद जाफरले तीन विकेट लिए । अभिशेष गौतम र रामोन सिमोन्ड्सले समान दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले एक(एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?