ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी

किशोरावस्थामा साईबर सुरक्षाको आवश्यकता

२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

सूचना प्रविधिको द्रुततर विकाससँगै सुरक्षित प्रयोगको जानकारी र व्यवहार अपरिहार्य बनेको छ । सामाजिक सञ्जालको ब्यापक प्रयोग भएको छ । सबै उमेरका मानिसहरूले विद्युतीय सञ्चार साधन र इन्टरनेट सेवा लिइरहेका छन् । यस प्रकारको सेवा सुविधाको उपयोगबाट फाइदा लिने र हानी हुनबाट जोगिने गरी प्रयोग गर्न जान्नु सबैका लागि आवश्यक छ । खासगरी किशोरावस्थाका विशेषताहरूका कारण यस उमेर समूहका मानिसहरू बढी प्रभावित हुन्छन् । यसबेला मानिस बाल्यावस्थाबाट माथि लागेपनि परिपक्कता आइसकेको हुदैन । यो उमेरलाई संक्रमणकालीन समय भनिन्छ । अर्थात् यतिबेला मानिस अलमल, शंका, भयको अवस्थामा हुन्छ । मानिसमा महत्वाकांक्षा र द्विविधा सँगसँगै रहेको हुन्छ । उनीहरूले आफूलाई सक्षम देखाउन चाहन्छन् तर परिपक्कता हासिल गरेका हुदैनन् । त्यसैगरी उनीहरूमा आत्मपहिचानको चाहना पलाउँछ । परिवारसँग टाढिन सक्छन् तर सहपाठीको विचार सजिलै स्वीकार्ने गर्छन् । वास्तवमा पारिवारिक सरसल्लाह बढी नै आवश्यक हुने भएतापनि किशोरावस्थाका मानिसहरू सहपाठी वा समान उमेर समूहका मानिसहरूसँग मित्रता, सम्बन्ध र कारोबार गर्न लालायित हुन्छन् । आफूमा भएका शारीरिक, मानसिक अवस्था परिवर्तनसँग तालमेल मिलाउनका लागि अप्ठ्यारो महसुस गर्दछन् ।
किशोरावस्थामा मानिसहरूमा देखिने अपरिपक्कताको दुरूपयोग साइबर अपराधबाट बढी हुने गरेको छ । यस उमेरमा जिज्ञासा बढी हुने, कुनै नयाँ वस्तुको उपयोग वा जानकारी राख्न चाहने र हरेक प्रकारले परीक्षण गर्न चाहने वानीका कारण विद्युतीय सञ्चार माध्यम र खासगरी विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त समाचार, सन्देश, विज्ञापन, भिडियो, चित्र आदि खोल्ने हेर्ने गर्नाले साइबर अपराधको शिकार बनेका उदाहरण छन् । वास्तवमा कम्प्युटर, इन्टरनेट सामग्री उपयोगी माध्यम हुन् । शिक्षा, स्वास्थ्य, निर्माण, सेवा आदि विविध क्षेत्रमा सूचना प्रविधिको उपयोगिता छ । उदाहरणका लागि विभिन्न शिक्षामूलक कार्यक्रम, स्रोत सामग्री उत्पादन गर्ने र निःशुल्क वितरण गर्ने वेब पेज तथा संस्थाहरू छन् । इन्टरनेटमार्फत घरमै बसेर विश्वको ज्ञान प्राप्त गर्न सकिने, शैक्षिक कोर्स पूरा गरी उपाधि लिन सकिने, समाचार सन्देश प्राप्त गर्ने, टेलिमेडिसिन सुविधा, कुराकानी आदि धेरै कार्य सस्तो, छिटोछरितो र निपूर्णताका साथ सम्पन्न गर्न सम्भव छ ।

विज्ञान प्रविधि, वैज्ञानिक खोज अनुसन्धान, आर्थिक प्रशासनिक अभिलेखीकरण, पत्राचार लगायतका कार्य सजिलो र सही स्वरूपमा गर्न सम्भव भएको छ । तर यसको सुरक्षित उपयोग गर्न सकिएन भने खराबीपनि उत्तिकै छ । कतिपय मानिसहरू नांगो फोटो हेर्ने, यौन फिल्म (पर्नोग्राफी) हेर्ने, यौन दुब्र्यवहार खालको भाषिक प्रयोग गरेर लेखिएका सन्देशहरूमा रमाउने जस्ता कुलत लागेर धेरै मानिसहरू बिग्रिएका भेटिन्छन् । जब मोबाइलको लत बस्छ खाने बेलामा पनि मोबाइल हेर्ने, पढ्ने समयमा पनि मोबाइल हेर्ने, गृहकार्य पनि मोबाइलमा च्याटजिपिटी वा क्वेशन एआइको माध्यमबाट उत्तर सारेर बुझाउने, जागिरमा समेत मोबाइल हेर्ने, पाँच दश मिनेट इन्टरनेटले काम गरेन भने आकाश खसेजस्तै हुने, वाइफाई फ्रि नभएका घर वा नाता वा होटलमा बस्न नचाहने जस्ता ब्यवहार देखाएको पाइन्छ । आजकल सबैका घरमा बोलचाल कम भएको छ । सबैका हात हातमा मोबाइल हुन्छ । सबैजना फेसबुक वा टिकटक वा रील वा यस्तै हेरेर बसिरहेका हुन्छन् । कुनै सरसल्लाह वा ज्ञानगुनका कुराको छलफल नै हुदैन ।
इन्टरनेटको साम्राज्य फैलिएको वर्तमान समयमा किशोरावस्थाका मानिसहरूमा धेरै समस्या देखापरेका छन् । विशेषगरी नयाँ नयाँ साथी बनाउने क्रममा अपरिचितसँग फेसबुक साथी बन्ने, सामाजिक सञ्जालमा आएका अपरिचित ब्यक्तिका पोस्टहरू हेर्ने, लाइक वा कमेन्ट गर्ने, आँफैले पनि विभिन्न छद्मनामी आइडी बनाएर नक्कली प्रोफाइल सिर्जना गर्ने र वास्तविकता भन्दा आदर्श ब्यक्तित्व निर्माण गरी फाइदा लिने वा गलत संगतको शिकार बनेका धेरै घटना छन् । हाम्रो समाजमा भौतिक रूपमा पनि किशोरीहरू शारीरिक तथा यौन शोषणमा परेका छन् । साइबर माध्यमबाट समेत किशोरीहरू बढी पीडित भएका छन् । विशेषगरी किशोरीहरू यौन दुब्र्यवहार, साइबर बुलिङ्ख, लैंगिक हतोत्साह आदि साइबर अपराधको शिकार भएका छन् । सुरूमा ललाई फकाइमा परेर गोप्य तरिकाले अश्लील वा सामाजिक रूपमा बेइज्जत हुने खालका ब्यवहार गराउने र पछि यौन दुब्र्यवहार वा आर्थिक शोषणका लागि ती सामग्रीको पर्दाफास गरिदिने धम्की दिंदै बार्गेनिङ्ख गर्ने गरेका घटनाहरू छन् । आफ्नै साथी वा चिनजानको वा नाता पर्ने भनेर पासवर्डको जानकारी दिने गर्नाले पनि त्यही साथीबाट गलत आसयबाट आइडिको दुरूपयोग गर्ने गर्दछ । त्यसैगरी अपरिचित ब्यक्तिका सन्देश खोल्नाले बैंकिङ्ख खाताहरूसमेत ह्याक गरेर रकम चोरी भैरहेका छन् । कुनै ब्यक्तिको आइडि ह्याक गरेर कुनै उपचार वा पुरस्कार वा अन्य लोभलाग्दो उपहार समेत देखाएर पैसा माग्ने र पैसा पाएपछि सम्बन्ध विच्छेद गर्ने खालका अपराध भैरहेका छन् । सुरक्षित तरिकाले इन्टरनेट प्रयोग गर्ने सिप, ज्ञान र चाहना हुनु आवश्यक छ ।

खासगरी किशारावस्थाका छोराछारीहरूको फेसबुकको पासवर्ड बाबु आमाले थाहा पाउनुपर्छ । समय समयमा बाबुआमाले छोराछोरीका आइडि हेर्ने र कुनकुन ब्यक्तिहरूसँग के कस्तो सञ्चार भैरहेको छ, जानकारी लिनुपर्छ । बालबालिकालाई इन्टरनेटका फाइदा, बेफाइदा र सुरक्षित प्रयोगका सम्बन्धमा बाबुआमाले छोराछोरीलाई सिकाउने वा सचेत गराउने गर्नुपर्छ । फेसबुक, इमेल, बैंक खाता जस्ता विद्युतीय आइडिको पासवर्ड समय समयमा परिवर्तन गर्नुपर्दछ । सालाखाला तीन महिनामा पासवर्ड फेर्नु राम्रो हो । पासवर्ड सिर्जना गर्दा विभिन्न संकेतहरूको प्रयोग गर्ने र आफ्नो वा परिवारको वा संस्थाको नाम प्रयोग नगर्ने र पासवर्ड कसैलाई पनि जानकारी नदिने गर्नुपर्छ । अपरिचित वा कुनै एउटा सन्दर्भमा भेट भएको ब्यक्तिसँग साथी बन्नु हुदैन । अपरिचित ब्यक्ति वा संस्थाबाट आएको सन्देश खोल्ने वा डिलिट गर्ने गर्नुहुदैन । अश्लील सामाग्री खोल्ने हेर्ने गर्नुहुदैन । हेरेर डिलिट गरेको सामग्री पनि पूर्णरूपमा डिलिट हुदैन । इन्टरनेटले तपाईंले चलाएका सन्देशका आधारमा त्यस्तै प्रकारका सन्देश पठाउँछ । अनि त्यस्तै गलत सन्देशको थुप्रो तपाईंको मोबाइलमा लाग्छ । फेसबुक वा इमेलको प्रयोग गर्दा साइन आउट गर्ने, मोबाइलमा लोकेशन अन नगर्ने, कुनै यात्रामा रहँदा कुन ठाउँ वा होटलमा पुग्नु भएको वा बास बसेको सामाजिक सञ्जालमा राख्नुहुदैन । राख्ने गर्नाले तपाईंलाई त्यही स्थानमा र तपाईंको अनुपस्थितिमा घरमा असुरक्षा हुन सक्छ । चोरी हुन सक्छ । बालबालिका वा बयस्कको पनि फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा विचार गर्नुपर्छ । प्रचार गर्ने वा भाइरल हुने आशामा धेरै फोटोहरू पोस्ट गर्ने, गहना र महंगा कपडा लगाएका फोटोहरू पोस्ट गर्नाले पनि असुरक्षा र चोरी बढ्छ । कतिपय मुलुकमा १६ वर्ष मुनिका बालबालिकाले फेसबुक खोल्न पाउँदैनन् । बालबालिकाहरूको फोटो वा भिडियो खिच्दा वा अपलोड गर्दा अभिभावकको स्वीकृति लिनु आवश्यक हुन्छ । यसरी बालबालिकालाई साइबर अपराधको शिकार हुनबाट बचाउनका लागि अभिभावक र अन्य सरोकारवाला ब्यक्ति वा संस्थाले विशेष ध्यान दिनुपर्छ भने बालबालिकाहरू आफैले आफ्नो सुरक्षाका लागि इन्टरनेट र मोबाइलको सुरक्षित प्रयोगका लागि ध्यान दिनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?