Butwal Today

सुनको मूल्यमा २१ सय रूपैयाँले बृद्धि

२५ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ।

सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ ।आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले मंहगो भएको हो ।

सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?