Butwal Today

समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष पाण्डे चौतारीमा प्रवेश

२५ मंसिर २०८१, मंगलवार
अ+
अ-

भैरहवा, २५ मंसिर ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।
उनी नेकपा (एमाले) निकट प्रेस चौतारीमा प्रवेश गरेका हुन् । रुपन्देही एफएमका स्टेशन म्यानेजर, लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पाण्डे मंगलबार चौतारीमा प्रवेश गरेका हुन् ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पाण्डे रुपन्देहीका सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रेस सल्लाहकार समेत हुन् ।
सोमबार उनले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिवमा उम्मेदवारी दिएका पाण्डेको चौतारी प्रवेशले विशेष महत्व राख्ने चौतारीका नेताहरु बताउँछन् ।