© 2026
बुटवल, २५ मंसिर । कालिका मानवज्ञान माबिमा ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु भएको छ । विद्यालयमा मंगलबार एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै शैक्षिकका साथै खेलकुदमा पनि कालिका अब्बल रहेको बताए । विद्यालयमा खेलाडी उत्पादन हुने गरि खेल प्रशिक्षकबाट नियमित अभ्यास गर्दा नतिजा राम्रो आएको उनले बताए । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि उनिहरुको चाहना अनुसार विभिन्न कार्यक्रममा आवद्ध गराउदै आएको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने गरि खेलकुदका विभिन्न आन्तरिक र बाहय प्रतियोगिता आयोजना गर्दै आएको बताए । वार्षिकोत्सवको अवसरमा आन्तरिक प्रतियोगितासंगै जिल्लामा रहेका विभिन्न विद्यालयहरुका बिचमा कालिका कप समेत चौथौ संस्करणमा आईपुगेको उनले बताए । कालिका कप चौथो संस्करणको प्रतियोगिता मंसिर ३० गतेबाट पुस ७ गतेसम्म वृहत रुपमा हुने उनले बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकराज घिमिरेले खेल गतिविधिको कारण विद्यार्थीहरुको सिकाईमा सकारात्मक प्रभाव पर्ने हुदा पनि यसलाई विशेष प्राथमिकताका साथ संचालन गर्न जरुरी रहेको बताए ।
आन्तरिक खेलकुद प्रतियोगिताको पहिलो दिन एथ्लेटिक्सतर्फ छात्र/छात्रा ८०० मिटर, २०० मिटर दौड, भलिबल र कबडडी प्रतियोगिता सम्पन्न भएका छन । मंगलबार भएको छात्र ८०० मिटर दौडमा सलामुद्धिन अन्सारी प्रथम भएका छन । उनले २ मिनेट २२.६७ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका हुन । रमेश कुमाल २ मिनेट २३.७७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा रिजन केसीले २ मिनेट ४६.९९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । छात्रातर्फ भने प्रकृति घिमिरेले ३ मिनेट १०.४८ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन । सृष्टि खनालले ४ मिनेट ३७.५३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा अन्जना जिटि ४ मिनेट ५४.६० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन ।
यसैगरि २०० मिनेट दौडको छात्रको उपाधि पनि सलामुद्धिन अन्सारीले नै चुमेको छन । उनले २६.६० सेकेण्डमा दुरी पार गर्दै प्रथम भए । दिग्यान स्यान्जालीले २७.१४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा अरबिन अन्सारीले २८.१० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । यसैगरि शेर मोहमदले २८.५८ सेकेण्डमा दुरी पार गर्दै चौथो, मन्जील गुरुङले २८.८१ सेकेण्डमा दुरी पार गर्दै पाचौ तथा जाकिर हुसैन मुसलमानले २९.१४ सेकेण्डमा दुरी पार गर्दै छैटौ स्थान हासिल गरेका छन ।
छात्रातर्फ प्रिति थापाले ३३.४४ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छिन । यसैगरि प्रिया पाण्डेले ३६.८३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा सुजाता बुढाथोकीले ३६.९६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी छिन । दौडमा प्रस्ट कार्कीले ३८.७३ सेकेण्डमा दुरी पार गर्दै चौथो, सितल भेडिथरले ३८.८५ सेकेण्डमा दुरी पार गर्दै पाचौ तथा करिष्मा अधिकारीले ३९.५४ सेकेण्डमा दुरी पार गर्दै छैटौ स्थान हासिल गरेकी छिन ।
यसैगरि मंगलबार नै भएको भलिबल प्रतियोगिता अन्तरगत छात्रतर्फ कक्षा १२ ब्यवस्थापन समुह प्रथम, कक्षा १२ का शिक्षा समुह दोस्रो तथा कक्षा ११ का शिक्षा संकाय तेस्रो भएका छन । छात्रातर्फ भने कक्षा १२ शिक्षा समुह प्रथम, कक्षा १२ ब्यवस्थापन समुह दोस्रो र कक्षा ११ ब्यवस्थापन समुह तेस्रो भएका छन ।
यसैगरि कबडडी प्रतियोगितामा छात्रतर्फ कक्षा १२ शिक्षा समुह प्रथम तथा कक्षा १२ ब्यवस्थापन समुह दोस्रो भएका छन । छात्रातर्फ कक्षा ११ शिक्षा समुह प्रथम र कक्षा ११ ब्यवस्थापन समुह दोस्रो भएका छन । मंसिर ३० गतेसम्म हुने आन्तरिक खेलमा एथ्लटिक्स, कबडडी, भलिबल, ब्याडमिन्टल, बास्केटबल, कराते, तेक्वाण्डो लगायत प्रतियोगिताहरु हुने विद्यालयका खेल संयोजक तथा प्रशिक्षक हरिश ओलीले बताए ।