ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मानव अधिकारको हक प्रत्याभूति गर

२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

‘हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज मनाईदैछ । विश्वभरी प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर औपचारिकता पूरा गरिन्छ । मानव अधिकार दिवस मनाउँदै गर्दा नेपालमा पछिल्लोसमय मानव अधिकारको अवस्था चिन्ताजनक नहुनु खुसीको कुरा हो । जहाँ लोकतन्त्र जीवित हुन्छ, त्यहाँ मानव अधिकारको ग्यारेन्टी हुन्छ । यद्यपि नेपालमा भएका केही घटनामा मानव अधिकार उल्लंघन भएको भन्दै चिन्ता प्रकट हुँदै आएको छ । केही दिनअघि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको र प्रहरीले समेत अभद्र व्यवहार गरेको भन्दै चिन्ता प्रकट भैरहेको छ । संघीय सांसदहरूको टोली र मानव अधिकार आयोगको टोलीले समेत रविसंग भेट गरी अवस्थाका बिषयमा जानकारी लिएको छ । मानव अधिकार उल्लंघनको बिषयमा प्रश्न उठेकोले स्वतन्त्र छानविन गरि दोषी कोही भए कारवाही गर्नेतर्फ सरकारको पहल होस् । मानव अधिकार दिवस मनाउँदै गर्दा कसैको अधिकारमाथि कुनैपनि प्रकारको कुठाराघात हुनुहँुदैन । मानव अधिकारको परिभाषाभित्र समेटिएका कुराको प्रतिवद्धता सरकारका तर्फबाट पनि हुनु जरुरी छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७६ वर्ष पुगेको छ । ७६ बर्षको लामो कालखण्डमा विश्वमा मानव अधिकारको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन् । विश्वका केही मुलुकमा बोल्ने र पढ्न पाउने अधिकारबाट समेत नागरिक बञ्चित छन । अफगानिस्तानको तानाशाही सरकारले नागरिकलाई बोल्न, लेख्न र पढ्न पाउने अधिकारबाट बञ्चित गरेको छ । सिरिया, लिबिया, रुस, इराक, इरान लगायतका केही त्यस्ता मुलुक छन जहाँ मानव अधिकारको ठाडो उल्लंघन भैरहेको छ । पछिल्लोसमय रुस युक्रेन युद्धको क्रममा भएको मानवीय विनास होस वा पछिल्लो इजरायल र गाजामा भैरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन् । त्यहाँका नागरिकले आफ्नो इच्छापूर्वक बाँच्न समेत नपाउने अवस्था छ ।

शासकको हातमा व्यक्तिको मानव अधिकार निर्भर रहनु निश्चित रूपमा चिन्ताको बिषय हो । नेपालमा पनि विगत १० बर्षको सशस्त्र द्वन्द्वको क्रममा १७ हजार नागरिकले ज्यान गुमाउन बाध्य भए । उनीहरूमध्ये अधिकांश परिवारले अहिलेसम्म न्यायसम्मत क्षतिपूर्ति पाउन सकेका छैनन् । बेपत्ताहरूको अवस्था राज्यले सार्वजनिक नगर्दा पीडित परिवारहरू न्यायबाट समेत बञ्चित भएका छन् । सरकारले विभिन्न समयमा गठन गरेको आयोग निकम्मा सावित भएको छ । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्छन् तर आज विश्व मानव अधिकारको उल्लंघनका घटनाबाट प्रताडित भैरहेको छ । आज १६ दिने महिला हिंसाविरुद्ध दिवसको समापनको दिन पनि हो । तर, महिलाहरूको मानव अधिकारको उल्लंघन सवैभन्दा ठूलो चिन्ताको बिषय भएको छ । नेपालकै सन्दर्भमा महिलाहरू हरेक कुरामा हिंसा र बिभेदको शिकार भैरहेका छन् । उनीहरूको मानव अधिकार कागजमा खोज्नुपर्ने अवस्था छ । मानव समाजका लागि यस प्रकारको अवस्था कलंकको रूपमा चित्रित हुँदै आएको छ । मानव अधिकार दिवस मनाउँदै गर्दा संविधानले दिएको अधिकारको प्रयोग समेत गर्न नपाउने अवस्था छ । निशुल्क शिक्षा र स्वास्थ्यको कुरा नेपालका लागि एकादेशको कथा सावित भैरहेको छ । दिवस मनाउँदै गर्दा नेपाल सरकारले संविधानले नागरिकलाई प्रदत्त गरेको मानव अधिकारको हक प्रत्याभूति गर्न खुट्टा नकमाओस् । राज्य भएको अनुभूति गर्न पाईएन भने त्यहाँ मानिसको अधिकार कुण्ठित हुन्छ । त्यो अवस्था नआओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?