Butwal Today

लामिछानेलाई पर्सा पठाउन कास्की प्रहरीले तयारी

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

कास्की, २४ मंसिर ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट पर्सा लैजाने तयारी गरिएको छ।

अदालतबाट चार दिनको म्याद पाएका लामिछानेलाई कास्की प्रहरीले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि पर्सा पठाउने तयारी गरिरहेको हो।

आज काठमाडौं हुँदै पर्सा लैजान तयारी गरिएको भए पनि समय अझै निश्चित नभएको प्रहरी स्रोतले जनाएको छ।