Butwal Today

सेयर बजार २६७६ अंकमा झर्‍यो, घट्यो कारोबार

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

सेयर बजार आज ओरालो लागेको छ । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो ।

अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।

आज ९२ वटा कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।

सबैभन्दा धेरै इमर्जिङ नेपालको मूल्य ८.७ प्रतिशत बढेको छ । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।

खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?