Butwal Today

सुनसरीमा ६४ किलो गाँजा बरामद, तस्कर फरार

२४ मंसिर २०८१, सोमबार
अ+
अ-
सुनसरी, २४ मंसिर ।
सोमबार, भोक्राहानरसिँह गाउँपालिका–८, सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं। ४ गण सुनसरी मातहतको बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो।

गाँजा ल्याउने व्यक्तिहरू सशस्त्र प्रहरीलाई देखेपछि गाँजा छोडेर फरार भएका थिए। थप अनुसन्धान र कारबाहीका लागि गाँजा प्रहरीलाई बुझाइएको छ, भने प्रहरी स्रोतले जानकारी दिएको छ।