Butwal Today

सुनको मूल्य आज ४०० रुपैयाँले बढ्यो

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।