ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

लैंगिक हिंसा बिरुद्धको अभियान कति प्रभावकारी ?

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

अहिले अंग्रजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० गतेसम्म लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहेको छ । हामी सबैको प्रतिबद्धता लैगिक हिंसा अन्त्यका लागि अभियान भन्ने राष्ट्रिय नाराका साथ यो अभियान चलेको छ । ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा प्रत्येक दिन बिभिन्न बिषयमा दिवस मनाउदै अभियान चलिरहेको हुन्छ । नेपालको संविधानमा महिलाको हकको छुट्टै ब्यबस्था गरिएको भएपनि अझै महिला हिंसामा कमी आउन नसकेको बताइएको छ । अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने तथा राज्यले अन्तर्राष्ट्रिय स्तरमा जनाएकौ प्रतिबद्धता तथा कानुनकौ प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बारे ध्यानाकर्षण गराइने गरिएकौ छ । अन्तर्राष्ट्रिय स्तरमा ३३ बर्षदेखि यो दिवस मनाएपनि नेपालमा भने २१ बर्ष पहिलेदैखि मात्र यो अभियानलाई दिवसका रूपमा मनाएको पाइन्छ । यस्तै अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मुल्य मान्यताहरू तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सन्चालन गर्नुपर्ने लगायतका कुराहरू छन । सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसंग बृहत भेला र देशभर गोष्ठी लगायत कार्यक्रम गर्ने गरिएको छ । मुख्य त यो अभियानको उद्देश्य हरेक उमेर समुदाय, अल्पसंख्यक, अपांग, तेस्रो लिंगी र महिला यी सबै क्षेत्रमा हिंसा हुनुहुंदैन भन्ने रहेको छ । म कसैलाई हिंसा पनि गर्दिन र हिंसा पनि सहँदिन भन्ने प्रतिबद्धता बोकेर अधिकारकर्मी यो अभियानमा लागेको पाइन्छ ।
तिन दशक लामो यो अभियानले थोरै भएपनि हिंसामा कमी ल्याउने काम त गरेको छ । अभियानले जति परिवर्तन ल्याउनुपर्ने हो त्यो हुन सकिरहेको छैन । केही समय पहिले अभियानका नाममा राज्यले पुग्ने जति बजेट छुटयाउने गर्दथ्यो । जसले गर्दा गैरसरकारी र सरकारी संस्थाहरूले १६ दिनभित्र पर्ने अपांगता, एडस, स्वयंसेवक, लगायत सम्पूर्ण दिवस भव्यरूपमा मनाउने गर्दथे तर कोरोना कहरपछि यो अभियानमा मन्दी छाएको छ र यो अभियान नाम मात्रको बन्न पुगेको छ । अभियानको महत्व खासै उच्च हुन सकिरहेको छैन । हुन त अभियानले खर्च बढाएपनि हिंसा हुनै क्रम रोकिएको छैन । नाबालिका तथा बृद्ध आमाहरू यौनको शिकार बन्ने र दर्दनाक अवस्थाले मारिने घटनामा थोरै सुधार भएको हो कि भन्ने आभास भएको छ । केहीको भनाइ अनुसार घटनाहरू पहिले पनि हुने गर्दथे तर मिडियाको पहुंँच नहँुंदा घटनाहरू बाहिर आएका थिएनन् र अहिले फैलिएका मिडियाको पहुंचले गर्दा बाहिर ल्याएकाले घटना धेरै देखिएका हुन भन्नेहरू पनि छन ।
जेहोस १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानलाई सम्झिंदै गर्दा हिंसा भन्ने कहीं पनि हुन सक्छ भन्ने कुरालाई बिर्सिनु हुदैन । कामकाजी ठाउंँदेखि यात्रा गर्दादेखि कहीँं पनि मानिसहरूबाट मानिसमै हिंसा भएको हुन्छ । अर्को हिंसा शक्ति र पहुंचको भरमा पनि हुने गर्दछ । पावरफूल मानिस हिंसामा परैको पाईंदैन । गरिबी पनि हिंसाको मुख्य रूप बन्ने गरेको छ । गरिबीका कारण बाँच्नका लागि मानिस जस्तो काम गर्न पनि तयार हुनुपर्छ । नीजि सवारी साधनमा हिंसा हुन सक्दैन, सार्वजनिक सवारी साधन प्रयोग गर्ने हिंसामा पर्दछन । टन्न पैसा खर्चेर अमेरिका, क्यानडा जानेले हिंसा खेप्नुपर्दैन । फ्रि भिसा भारतको बाटो खाडी मुलुक जाने महिलाले हिंसा सहनु परेको छ र उनीहरूले त्यही नै दुःख पाउँछन या दुःखकष्ट ब्योहोर्न बाध्यछन् । सबैभन्दा धेरै महिलाहरूनै शारीरिक र मानसिक हिंसाको शिकार भएका छन । खाडी मुलुक पुगेका महिलाहरू कतिपय अबैधानिक गर्भ धारण गरेर नेपाल फर्किन बाध्य भएका पनि छन र कति एचआइभी एडस बोकेर फर्किने पनि छन । कति त मानसिक सन्तुलन गुमाएर फर्किने पनि छन् । यस्ता खालै सबै गतिबिधि हिंसा र पीडामै पर्दछन् ।

१६ दिने लैंगिक हिंसाबिरुद्धको अभियान चल्दैगर्दा अरू हिंसाका घटना बाहिर आएको हामीले पाउँंछौं । यतिखेर सामाजिक सञ्जालमा आमा छोराको बिषय तात्तिएको छ । एउटी एकल महिलालाई छोराले नै दोस्रो श्रीमान र तेस्रो श्रीमान भन्दै परपुरुषहरूसंग जोडेर सामाजिक सन्जालमा फोटोहरू राखेको देखिएको छ । यो सबैभन्दा ठूलो हिंसा हो । जुन बिषय आमाको चरित्रसंँग जोडिएको छ । आंफैले जन्म दिएर हुर्काएको छोराले जन्म दिने आमाको चरित्र हत्या गर्नु त्यहाँ भन्दा ठूलो हिंसा अरू के नै हुन सक्छ र ? कसैले कसैलाई होच्याउनु, चरित्र हत्या गर्नु जस्ता कुरा सबैभन्दा ठूलो हिंसा हो । हामीले देख्ने गरेका छौंँ– जातको आधारमा पनि हिंसा हुने गरेको छ । सानो जात र ठूलो जात भन्ने जस्ता कुराले अरू हिंसा बढ्ने गरेको छ । लैगिक हिंसा भन्नाले पहिलेदेखि नै स्त्री लिंगमाथि थिचोमिचो हुने गरेको छ, जसले गर्दा अभियान नै चलाउनु परेको छ । महिला कमजोर हुन्छन, यिनीहरू केही गर्न सक्दैनन भन्ने सोंच अहिले पनि फेरिन सकेको छैन । कुनैपनि क्षेत्र होस महिलाले चलाउन सक्दैनन, यिनीहरूलाई जिम्मा दिनु हुंदैन भन्ने चिन्तनबाट समाज माथि उठ्न सकेको छैन् । अहिलेपनि महिला भनेको चुलो चौको धान्ने साधन हुन भन्ने सोंचबाट समाज माथि उठन सकेको छैन् । खुराफात गर्न र जांँडरक्सी खाएर मतौ गर्न पुरुष नै हावी छन । उनीहरू दौडधुप गर्न सक्दैनन्, कुनै बिषयको आँट गर्न सक्दैनन् । महिला भनेका महिला नै हुन भन्ने सोंच अहिलेपनि कायम छ । यस्ता गतिबिधिले महिलालाई अगाडी बढ्न रोकेको छ र यो पनि हिंसामै पर्छ । अंश र बंशका कुरा गर्ने अनि महिला कमजोर छन भन्ने सोंच राख्ने र यसले गर्दा अहिलेपनि महिला पुरुष सरह अगाडी बढ्न सकेका छैनन । अर्को महिलालाई कुनैपनि ठाउँकौ अवसर दिएर अगाडी बढाउने सोंच पुरुष जाती मै छैन । यसैले पनि महिला समानरूपले अगाडी जान सकिरहेका छैनन् ।

केही कुरामा महिलाका आफ्नै स्वभावका कारणले पनि पछि परेका छन् । महिला आफैंले म कमजोर छु भन्ने सोंच राख्नु, अवसर पाउँंदा लिन हिचकिचाउनु, परम्परा धान्ने नाममा पुरुषलाई देउता सम्झिने, महिलाका काम यी पुरुषका यी भनेर बिभाजन गर्नु जसलै गर्दा सहअस्तित्व कायम हुदैन । अनि महिला हर क्षेत्रमा कसरी सहभागी हुन सक्छन । जबसम्म समाजको हर क्षेत्रमा महिलाको समान सहभागिता हुन सक्दैन, तवसम्म मुलुकमा यस बिषयमा परिवर्तन हुन सक्दैन र महिला हिंसा मुक्त हुन पनि सक्दैनन । अन्तर्राष्ट्रिय रूपमा तिन दशकदेखि यो अभियान चलाएपनि जबसम्म हाम्रो देशमा परिवर्तका खातिर सबै जागरुक हुन सक्दैनन् तवसम्म हिंसा चलिरहन्छ । बर्षको १६ दिन यो अभियान चलाउदै गर्दा हरेक दिनका दिवसलाई कसरी हिंसा मुक्त गर्ने भन्ने सोंचका साथ गयौं भनै बल्ल यसको अर्थ रहन्छ ।

हाम्रो शहर बजारमा छरिएर रहेका गैरसरकारी संस्थाहरूले हिंसा बिरुद्धको अभियानमा तदारुकता साथ अभियान चलाएको पाइन्छ तर यो अभियानले जस्ले हिंसा सहेको छ, उसको आवाज उठाउन सकिराखेको छैन पिडितलाई कहांँ गएर गुहार पाइन्छ भन्ने थाहासम्म छैन । त्यस्तो ठाउँमा यो अभियान पुगेको पाइंदैन । जो अगुवा भएर लागेका हुन्छन आफु आफुमा यो अभियान चलिराखेको छ । जसले हिंसा खेपेर नारकीय जीवन व्यतीत गरेका छन, उनीहरू माझ यो अभियान पुग्नु पर्छ र मात्र अभियान चलाउनुकौ अर्थ रहन्छ । हिंसाको बिषय उठान गर्ने तर टुंगोमा नपुगी छोडदिने जस्ता प्रवृतिले पनि पीडीत घर न घाटको भइने डरले हिंसा सहन्छन र बाहिर ल्याउन चाहँदैनन् । यसैले मुख्य त टोल समाजमा निगरानी गरेर चेतना फैलाउन जरुरी छ । अनिमात्र थोरै थोरै गरेर हिंसा घटदै जान सक्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?