Butwal Today

लमजुङमा ट्याक्टर दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

लमजुङ, २४ मंसिर ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, ठूलोबेँसीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा २५ वर्षीय मेगराज लामा मृत्यु भएका छन्। उनी दुधपोखरी गाउँपालिका–२, भुम्लिचोकका निवासी थिए र ट्याक्टरको सहचालकको रूपमा कार्यरत थिए।

ट्याक्टर ग १ त ६१४१ नम्बरको ट्याक्टर सदरमुकाम बेँसीबाट ताराचोक गाउँतर्फ विवाहका सामान बोकेर जाँदै थियो। दुर्घटना हुँदा ट्याक्टर अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खस्दा लामा ट्याक्टरको मुनि च्याप्पिएर मृत्यु भएका हुन्।

ट्याक्टर चालक २८ वर्षीय गणेशमान चेपाङ, जो धादिङ जिल्लाको बेनिघाट गाउँपालिका–६ का निवासी हुन्, प्रहरीको नियन्त्रणमा छन्।