© २०२३
बुटवल , २४ मंसिर। भ्रष्टाचार बिरुद्घ आन्दोलनमा ढिलाई भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । समाजमा भ्रष्टाचार संस्कृतिको रुपमा जरा गाडेको भन्दै यसको बिरुद्ध अगुवाहरु एकजुट भएर लाग्नुपर्ने उनिहरुले बताए । भ्रष्टाचार बिरुद्घको अन्तराष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी ईन्टनेश्नल नेपालको आवद्घ पारदर्शी सरोकार समुहको आयोजनामा सोमबार बुटवलमा भ्रष्टाचार न्युनिकरण र सदाचार प्रवर्द्घन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले आफुबाट नै अभियान शुरु गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा समुहका अध्यक्ष लालहरि पाण्डेयले कार्यक्रमबारे प्रकाश पार्दै विगत लामोसमयदेखि भष्ट्राचार बिरुद्घ सचेतना जगाउने अभियानमा संस्था अग्रसर रहेको बताए । विगत लामोसमयदेखी विभिन्न क्षेत्रमा हुने भ्रष्टाचारका गतिविधिहरु समेटेर पुस्तक सार्वजनिक गर्दै आएको उनले बताए ।
कार्यक्रममा मानव अधिकारबादी अगुवा गोबिन्द खनालले भ्रष्टाचार बिरुद्घको समय आन्दोलन निक्कै कठिन बिषय भएको बताए । भारतमा अभियन्ता अन्ना हजारेको आन्दोलनको उदाहरण दिदै समाजमा त्यस्तै ब्यक्ति आवश्यक रहेको उनले बताए । भ्रष्टाचार संस्कृतिको रुपमा विकास भएको भन्दै उनले यो हटाउन धेरै कठोर कदम चाल्नुपर्ने बताए ।
कार्यक्रममा गौतम बुद्घ सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले केवल भ्रष्टाचार आर्थिक पाटोसंगमात्र नजोडिएको बताए । हरेक क्षेत्रमा भ्रष्टाचार भयो भन्नेर सबैलाई एउटै डालोमा राख्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए । नैतिकतासंग भ्रष्टाचार जोडिएको भन्दै उनले पछिल्लोसमय सदाचारको पक्षमा बोल्ने कम भएको बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमल भट्टराईले पारदर्शिताको कार्यक्रममा सहभागी भएर सचेतना जगाउने काममा लागौ भन्ने असल अभियान भएको बताए । देशका हरेक क्षेत्रमा निरासा जगाउने किसिमको भ्रष्टाचारका घटनाहरु बढेको छ । हरेक जसो मन्त्रालयस्तरबाट भष्ट्राचार बढेको छ । कर्मचारीतन्त्र मलजल गर्ने रुपमा अघि बढेको उनले दाबी गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु, नेपाल स्टेशनरी ब्यवसायी संघका अध्यक्ष गोपाल बश्याल, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले समाजलाई ऐना देखाउने पत्रकारिता क्षेत्रमा समेत अनुसन्धानमुलक खोजको कमी देखिएको औल्याउदै कार्यक्रमसंगै त्यसको परिणामको समेत मुल्याकन हुने गरि अघि बढ्न जरुरी रहेको बताए ।