© २०२३
बैतडी, २४ मंसिर ।
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली क्षेत्रहरूमा हिमपात भएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार, बैतडीसँगै डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च भेगमा पनि हिमपात भएको छ। हिमपात र वर्षाका कारण चिसोमा वृद्धि भएको छ, जसले जनजीवनमा प्रभाव पारेको छ। विशेषगरी दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
तर, वर्षा र हिमपातले किसानमा खुसीयाली छाएको छ। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने सम्भावना बढेको छ। यसले कृषकहरूलाई राहत दिएको छ।