© २०२३
झापा, २४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी खानेपानी आयोजना उद्घाटन गरेका छन्। यस आयोजनाबाट नगरपालिकाका वडा नम्बर २, ३ र ४ का ६,५२१ घरधुरीका २६,७४३ जनसंख्या लाभान्वित हुनेछन्।
प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन्। उनले देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइका विभिन्न अभियान सञ्चालन गर्ने उल्लेख पनि गरे।
कार्यक्रममा उनले भने, “जनताले घरमै धारो खोलेर पानी खान पाउँदा म आनन्दित हुन्छु। देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिनेछौँ।”
ओलीले थपे, “हामी विभिन्न पार्टीका हुन सक्छौं, तर विकास निर्माणका काममा एक हुनुपर्छ। देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ।”
सो आयोजनाको कुल लागत रु ५० करोड ७ लाख ९२ हजार रहेको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संघीय खानेपानी मन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि लगायत उपस्थित थिए।
प्रधानमन्त्री ओलीले आइतबार झापामा देशकै अग्लो १८ तले दमक व्यापारिक कम्प्लेक्सको पनि उद्घाटन गरेका थिए।