Butwal Today

अपदस्थ सिरियाली राष्ट्रपतिको ग्यारेजमा भेटियो ४० महंगा कारहरू

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

दमास्कस, २४ मंसिर ।

सिरियाका राष्ट्रपति बसर अल असादको नीजी ग्यारेजमा दर्जनौं महंगा कार भेटिएका छन्  ।

बिद्रोहीहरूले राजधानी सहर कब्जा गरे पछि भागेर रूस पुगेका असादको नीजि ग्यारेजमा विश्वकै महंगा कारहरूको संकलन रहेको खुलेको हो ।

उनको सरकारी निवासमा पुगेका बिद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मुल्य बराबरको कारहरू संकलन गरिएको देखिएको छ ।

अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।

फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।