Butwal Today

अनुसन्धानका लागि रबी लामिछानेलाइ बिरगञ्ज लगियो

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

पर्सा ।

पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ बिरगञ्ज लगिएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखरावाट काठमाडौं हुदैँ बिरगञ्ज लगिएको हो ।

प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौँ र काठमाडौंवाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लगिएको हो ।  सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ लगिएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा बयान दिइसकेका छन् । अब उनलाइ पर्सामा बयान लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?