© 2026
काठमाडौं, २४ मंसिर ।
नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। कांग्रेसको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो।
कांग्रेस सांसद विमला गौचनको निधन भएपछि रिक्त भएको सांसद पदमा थापालाई नियुक्त गर्न प्रस्ताव गरिएको हो। समानुपातिक सूचीमा गौचनपछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए।
महतका अनुसार, ूसमानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्यो।ू