Butwal Today

लामिछानेलाई १३ दिन म्याद थप, सहकारी रकम हिनामिना प्रकरणमा अनुसन्धान

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

पोखरा, २३ मंसिर  ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले १३ दिन म्याद थपको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।

लामिछानेलाई माथिको अनुसन्धान अझै नसकिएको भन्दै म्याद थपको लागि आज अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि उनलाई रुपन्देही र काठमाडौंमा बयान लिएपछि, मंगलबार चितवनमा समेत बयान लिइएको थियो।

सुरुमा लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो, तर पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ। उनीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको साहारा सहकारी संस्थासम्मका रकम हिनामिनामा अनुसन्धान भइरहेको छ।