ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

प्रमुखको घरपाई मिलाउन सिटिइभिटीको कार्यालय सार्न खोजिँदै

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

रुपन्देही ।

रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई सो कार्यालयका निमित्त प्रमुख यादव सुवेदीले आफ्नो घरपाई मिलाउन अनावश्यक खर्च बढाउने गरी दाङमा लैजान दौडधुप गरेपछि यहाँका कर्मचारी विरोधमा उत्रेका छन् भने यो कार्यालय मातहतमा रहेका अधिकांश शिक्षालयहरुले यसरी अलपत्र अवस्थामा छाड्न नहुने भन्दै विरोध गरेका छन् ।

बाँकेको कोहलपुरमा आफ्नै भवन रहेको र बुटवलमा मुख्य कार्यालय रहेको यस कार्यालयलाई अहिले बसिरहेको क्षेत्रमा व्यवस्थापनका लागि निःशुल्क जग्गा तथा कार्यालयसमेत उपलब्धताको सुनिश्चितता भएपनि कार्यालय प्रमुखकै स्वार्थमा थप खर्च थप्नेगरी दाङ लैजान थालिएको भन्दै कर्मचारीहरुले नै विरोध गरेका छन् । यसअघि दाङमा सम्पर्क कार्यालयसमेत राखिएको छ । सिटिईभिसी अन्तर्गतका अधिकांश नर्सिङ कलेज, इन्जिनिरिङ कलेज सबै रुपन्देही आसपासमा रहेका छन् ।
कर्मचारीहरुले बुटवलबाट कार्यालय सार्ने भए आफ्नै भवन रहेको कोहलपुर नै लैजानुपर्ने र नभए यहाँ भाडा नै तिर्नुनपर्ने गरी कार्यालय व्यवस्थापन गरेर राख्नुपर्ने सुझाव दिए पनि सुवेदीले सत्तारुढ दलका नेताहरुको दवावमा यसलाई सार्न चलखेल गरिरहेका छन् ।

केही समयअघि यो कार्यालय व्यवस्थापनका लागि तत्कालीन यो कार्यालयका निर्देशक महेश भट्टराईसहितको टोलीले बुटवलको कार्यालयलाई व्यवस्थित रुपमा राख्नका लागि रंगशालाको भवनमा दीर्घकालीन रुपमा र बुटवलको तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनटिआई)को भवनमा तत्कालीन रुपमा कार्यालय राख्नेगरी विकल्प खोजी भएको थियो । अहिले पनि केएनटिआईमा यसको कार्यालय रहेको छ ।

नेपाली कांग्रेस निकट मानिने सुवेदीले अहिले एमाले महासचिव शंकर पोखरेलको नाम लिएर यो फाइदा लिन खोजेको कर्मचारीकै आंकलन छ । संघीय अन्तर्गत रहेको यो कार्यालय सार्नका लागि केन्द्रले केही भनेको छैन उल्टै खर्च कम गर्नका लागि केएनटीआईमा रहेको भवनमा सार्न भनिरहेको छ तर सुवेदीले त्यहाँ कार्यालय लैजान तयार छैनन् । अहिले यहाँ रहेको भवनको भाडा ५० हजार मासिक छ भने दाङमा लैजाँदा १ लाख थपिने भएको छ । यस्ता विषयमा खर्च थप्न नहुने कर्मचारीको अडानलाई उनले अस्वीकार गर्दै दाङमा भाडामै लैजाने प्रयास गरेका छन् ।

‘हाकिम सावले किन खर्च बढाउन खोज्नुभएको छ, हामीले बुझेका छैनौ तर केएनटिआईमा भाडा तिनै नपर्ने गरी कार्यालय सार्न पनि सहजै तयार हुनुभएन, यहाँ यसको भवन बनाउन पनि निःशुल्क जग्गा पाइनेगरी उपमहानगर दिन तयार भएको छ, अरु संघसंस्थाहरु पनि सहयोगका लागि तयार छन् तर उहाँ मानिरहनुभएको छैन’ कार्यालयमा एक कर्मचारीले भने ।

प्राविधिक शिक्षालय फोरम लुम्बिनीको पूर्वअध्यक्ष गोविन्द खनालले सिटिभिटीको सम्बन्धन पाएका अधिकांश कलेज यही क्षेत्रमा रहेको र विद्यार्थी पनि धेरै यतैका भएकाले त्यसको नियामक निकायले यो क्षेत्र छाड्न खोज्नु उचित नभएको बताउँछन् । ‘प्राविधिक शिक्षालय भएकाले अध्यास गर्ने ठाउँ हुनुपर्छ, कलेजमात्रै होइन अस्पताल पनि यतै धेरै छन्, प्रयोगात्मक क्षेत्र सबै यतै भएको अवस्था छ, प्रयोगात्मक अभ्यास सेन्टर यतै भएकाले, विद्यार्थी र कर्मचारी मल्टीपल चाहना बजार क्षेत्रमै हुन्छ तर राजनीतिक स्वार्थमा, दाउपेचमा यहाँबाट सार्ने चलखेल भएको सुनिएको छ, यो राम्रो हुँदैन, सबै विषयलाई दलीय र भूगोलको स्वार्थ हेर्नुहुँदैन । यो आवश्यकतालाई मनन गरेर वैज्ञानिक निर्णय गरिनुपर्दछ ।’ उनले भने ।

नेपाल निजी प्राविधिक शिक्षालयका पूर्वकेन्द्रीय अध्यक्ष बसन्तराज खनालले यो कार्यालय अन्तर्गतका अधिकांश कलेजहरु यही क्षेत्रमा भएकाले यहाँबाट कार्यालय सार्नु कुनै पनि हिसाबले उचित नहुने बताउँछन् । ‘यहाँ कार्यालय राख्नका लागि कुनै थप खर्च भएको अवस्था पनि छैन, संघीय संरचनाको कार्यालय प्रदेश भएको ठाउँमै लैजानुपर्ने कुनै कर्मचारीविशेषको स्वार्थबाहेक केही होइन, यसमा वैज्ञानिक हिसाबले कहाँ, कति सरोकारवाला छन्, नियामक निकायको केन्द्र त्यहीँ हुनुपर्दछ, अर्कोतर्फ स्थायी संरचना बनाएर स्थायित्वको लागि लैजाने विषयलाई जायज मान्न सकिन्थ्यो, त्यो अनावश्यक खर्चका लागि यसो गर्नुहुँदैन, राज्यको थप व्ययभार बढाइनुहुँदैन’ उनले भने ।

कर्मचारीहरुका अनुसार अहिले यो कार्यालयअन्तर्गत ७० वटा प्राइभेट कलेजमध्ये अधिकांश यही क्षेत्रका र धेरै विद्यार्थी पनि यही क्षेत्रका छन् केही संख्या बाहिर भए पनि ती संख्याका हिसाबले मात्रै रहेका छन् । ‘यो कार्यालय प्रदेश मातहतकै होइन तर दवावमा लान खोजिएको हो । संघीय कार्यालय हो, ६ वर्ष भयो बुटवलबाट काम गरेको, अधिकांश काम अनलाइनबाटै भएको छ ।’ ती कर्मचारीले भने । २२ जना कर्मचारीमध्ये अधिकांश यतैका भएकाले पनि यसको विरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?