Butwal Today

सुन र चाँदीको मूल्य घट्यो

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं,  २३ मङ्सिर  ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा बारो बार भइरहेको जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपियाँमा बारोबार भएको थियो ।

यसैगरी, आज चाँदी २५ रुपियाँले घटेर एक हजार ८६५ रुपियाँमा बारोकार भइरहेको महासंघले जनाएको छ । शुक्रबार यसको मूल्य एक हजार ८९० रुपियाँ रहेको थियो ।