© २०२३
जनकपुरधाम, २३ मंसिर ।
सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा एक कर्मचारीको शव फेला परेको छ। मृतकको पहिचान ४५ वर्षीय सुधीर कुमार झा भएको र उनी सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए।
प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार, मृतकको घाँटीमा डोरी बाँधिएको र दुवै खुट्टा भुईंमा रहेको अवस्थामा शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानले उक्त घटना हत्या हुनसक्ने आशंका जताएको छ।
आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, र घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।