ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

लुम्बिनी अंकविहीन

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

काठमाडौं, २३ मंसिर ।
लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ ।
लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो ।
लुम्बिनीका विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।
दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो दुवै खेलमा खराब बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा लुम्बिनीले यो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि सेफले सर्वाधिक ९० रन जोडे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । रेमन सिमोण्डको बलमा सेफ उमुक्त चन्दबाट समातिए । सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।
विनोद भन्डारी १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहितको बलमा क्याच आउट भए । विनोद ठूलो सट खेल्ने प्रयासमा बाउन्ड्री नजिक सन्दीप जोराबाट समातिए । लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा रोहित र विवेकले समान १ विकेट लिए ।
लुम्बिनी अंकविहिन छ । यसअघि टोली विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
शीर्ष स्थानको सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । जनकपुर बोल्ट्सले पनि यसअघि लगातार ३ खेल जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?