ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

धान धेरै फलाउने किसान पुरस्कृत

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

लमही, २३ मंसिर ।
दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरेको छ । पालिकाले धान उत्पादक कृषकहरू बीच प्रतियोगिता गराई छनोट भएका ती कृषकहरूलाई एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको हो ।
प्रतियोगितामा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल २८३.६२ प्रतिशत धान उत्पादन गरि प्रथम, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी २७० प्रतिशत धान उत्पादन गरि द्वितीय र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी १७३.७ प्रतिशत धान उत्पादन गरि तृतीय हुनु भएको पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।
यसरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार नगद सहित एकएकवटा कृषि औजार फरुवा प्रदान गरि सम्मान गरिएको छ ।
त्यस्तै प्रतियोगिताका अन्य सहभागी कृषकहरूलाई एकएकवटा कृषि औजार फरुवा सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको शाखा प्रमुख गडरियाले जानकारी दिए ।

प्रतियोगितामा प्रक्रिया पु¥यएर आवेदन दिएका १६ जना कृषकहरू बीच प्रतिस्पर्धा भएको थियो ।
पालिकाले चालु आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यविधि नै बनाएर उक्त प्रतियोगिता मार्फत छनोट भएका कृषकहरूलाई सम्मान गरेको हो । कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगीता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए । शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजार स्थित राप्ती तरकारी संकलन तथा विक्री केन्दमा आयोजित उत्कृष्ट कृषक पुरस्कृत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले खाद्यान्न उत्पादनमा वृद्धि ल्याई पालिकालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू सहयोगी बन्ने बताए ।

त्यस्तै अध्यक्ष विष्टले पालिकाले कृषकहरू लाई कृषि औजार वितरण, करार खेती अनुदान, दूध उत्पादनमा आधारित अनुदान दिदै आएको समेत जानकारी गराए । पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीमा कृषकले अत्याधिक विषादी प्रयोग गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष विष्टले त्यसलाई निरुत्साहित गरि अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरी कृषकहरूको पक्षमा विभिन्न किसिमका योजनाहरू हुँदाहँुदै पनि सिमित स्रोत र साधनका कारण सबै योजनाहरू पूरा गर्न कठिनाइ भएको बताइन । प्रतियोगीका लागि आवेदन दिएका कृषकहरूको प्रति एकाई क्षेत्रफलमा उत्पादित धानको मूल्याङ्कन गरेको भन्दै कृषि शाखा प्रमुख गडरियाले कुल उत्पादनलाई १०० ले गुणन गरी आएको जम्मा अंकलाई औषत उत्पादनले भाग गर्दा प्राप्त प्रतिशतअनुसार विजयी कृषक घोषणा गरेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?