Butwal Today

एक करोडको चाँदीसहित बारामा एक पक्राउ

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं 

बाराबाट ठूलो परिमाणमा चाँदीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन्।

प्रदेश ०३-००५प ३२६ नम्बरको स्कुटरमा वीरगन्जबाट हेटौंडा जाँदै गरेका सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको साथबाट ६० किलो चाँदीको धुलो बरामद भएको छ। बरामद चाँदीको अन्दाजी बजार मूल्य एक करोड दुई लाख रहेको छ।

स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर सोनारले चाँदी तस्करी गरिरहेका थिए। उनले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए। प्रहरीले सोनारमाथि अनुसन्धान गरिरहेको छ।