ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

विशेष सांस्कृतिक कार्यक्रममा रमाउँदा

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

विशेष सांस्कृतिक कार्यक्रमकी मूलपाहुना थिइन् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल । उनले स्वरसम्राट नारायणगोपालको ३४ओैं स्मृति दिवसको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा आफूलाई मन परेको गीत समेत गाइन् र नारायणगोपालप्रति श्रद्वाभाव प्रकट गरिन् ।
रागश्री संगीतालय,बुटवलले आयोजना गरेको उक्त विशेष सांगीतिक कार्यक्रमको सहयोगीका रुपमा बुटवल उपमहानगरपालिका थियो ।आर्थिक,भौतिक,नैतिक सहयोग गर्नेहरुको कमि थिएन । यसको अर्थ, रागश्रीप्रति छोटै समयमा साथ र समर्थन जुट्ने अवसर प्राप्त भएको छ ।
करिव दर्जन नवप्रतिभाहरुले नारायणगोपालले स्वर भरेका गीतहरुमा आफ्ना स्वर थपे । कतिपय गायकका स्वरहरु माझिएका थिए । वाद्यवाधनमा दक्षता र क्षमता प्रदर्शन भएका थिए । ससाना भाइबहिनीहरुले सुरुआती गीत गाएपछि सांगीतिक कार्यक्रम अघि बढेको थियो । उनीहरुले मिठो श्वरमा गीत प्रस्तुत गर्दा दर्शकदीर्घाबाट बेजोड तालिम बज्यो । उनीहरु भविष्यमा तारादेवी र नारायणगोपाल बन्ने प्रवल सम्भावना रहेको अड्कल काटिए । प्रमुख अतिथिले भनेकी थिईन्(बुटवलमा थुप्रै नारायणगोपाल र तारादेवी जन्माउन रागश्री संगीतालयले विशेष कर्म गर्नुपर्नेछ । भूमिका निर्वाह गर्नुपर्नेछ ।
रागश्री संगीतालयका सञ्चालक एवम् संगीतकार सुरेश सेञ्चुरीले नारायणगोपालको एकल र सरिता पन्थीसँग मिलेर युगल गीत गाए । दर्शकहरु मन्त्रमुग्ध भए । ताली ठोके । धेरै वर्षपछि आफू गायनका लागि स्टेजमा उत्रिएको बताईरहँदा सुरेशले शिष्यहरुका अघि गीत गाउँदा डर लागिरहेको सुनाए । यो नै उनको गीत र संगीतप्रतिको मोह हो ।
सुरेशले धेरैवर्ष गीत,संगीतमा लागेर आफूलाईमात्र पारङ्गत बनाएनन् बरु आफूजस्तै गायक र संगीतकार बनाउन जीवनका तीन दशक बढी समय खर्चिए । शान्त सागरजस्तै छन् उनी ।
३४ ओैं स्मृति दिवसका अवसरमा आयोजित स्वरसम्राट नारायणगोपाल सांस्कृतिक कार्यक्रममा उनकै शिष्यहरुको बाक्लो उपस्थिति थियो । यतिबेला गायन र संगीतका कक्षा लिईरहेकाले आफूलाई स्थापित गर्ने प्लेटफर्मका रुपमा सो सांस्कृतिक कार्यक्रमलाई लिए ।
सो सांस्कृतिक कार्यक्रममा बर्दघाट प्रज्ञाप्रतिष्ठानकी सदस्य दया दर्लामीले शुभकामनासहित ूफूलको थुङ्गा बगेर गयो,गंगाको पानीमाू गीत गुनगुनाएर मनोरञ्जन दिईन् ।
लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङले भाषा, साहित्य,संस्कृति र संगीतले नै मानवजीवनलाई एकआपसमा जोड्ने र भावनात्मक सम्बन्ध प्रगाढ बनाउने बताए । भूगोललाई भौतिक संरचनाले जोडेपनि भावनाले जोडिएको साईनो कसिलो उनले बताए ।
उक्त कार्यक्रमले नयाँ प्रतिभाहरुलाई अवसर दिएको छभने पुरानालाई झक्झकाई रहेको पाईन्छ । सम्बन्ध सेतूका रुपमा सो कार्यक्रम भएको अतिथिका रुपमा रहेका संगीतपारखी एवम् सामाजिक,राजनीतिक अभियन्ता बाबुराम भट्टराईले बताए । कलाकारहरुलाई शुभकामना र बधाई दिए कलाकारका नेता प्रचण्डबहादुर जीसीले ।
सुमन श्रेष्ठको मिठो उद्घोषण,सुरेश सेञ्चुरीको गतिलो व्यवस्थापन र प्रमुख अतिथि सावित्रा अर्यालको उत्प्रेरक साथ एवम् समर्थनले सांस्कृतिक कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो । सबै रमाएका थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?