© २०२३
दाङ,२२ मङ्सिर ।
दाङको घोराही उपमहानगरपालिका–७ मा रहेको श्री माध्यामिक विद्यालय सौडियारमा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ सुरु भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले शुक्रवारदेखि विद्यालयको प्राङ्गणमा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञको लुम्बिनी प्रदेशकी उर्जा, जलश्रोत तथा सिचाई मन्त्री सीता चौधरीले जनस्तरबाट विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भएको प्रयासमा महायज्ञले सहयोग गर्ने भन्दै मन्त्री चौधरीले आगामी दिनमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन । बद्लिदो समयसँगै शिक्षामा भौतिक तथा शैक्षिक सुधार आवश्यक रहेको बताएकी थिइन । मन्त्री चौधरीले आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि महायज्ञ सञ्चालन गरेको भन्दै महायज्ञलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । आ–आफ्नो क्षेत्रबाट सवैले सहयोग गरे सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिने बताए । शैक्षिक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं। ७ का अध्यक्ष खोपीराम चौधरी, दाता
पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगी, अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजक भीमप्रकाश, किसान संघ दाङ जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरी, पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालय प्राध्यापक लोकबहादुर बस्नेत , व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, विद्यालय व्यवस्थापन समितिका शरद केसी, नेकपा एमाले घोराही–७ का कार्यवाहक अध्यक्ष माधव न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मंसिर २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय रहेका छन् । महायज्ञको उद्घाटन पूर्व विद्यालयबाट कलश तथा शोभा यात्रा गरिएको थियो ।
महायज्ञको पहिलो दिन ३० हजार बढी आर्थिक संकलन भएको छ । घोराही–७ सौडियारमा रहेको जनजागृती बचत तथा ऋण सहकारी सस्थाले २० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी बेसाही निवासी भुपबहादुर शाहले महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गरेका हुन ।