© २०२३
लुम्बिनी, २२ मंसिर ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ गुलरीमा शनिबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बाटो क्रस गर्ने क्रममा मोटरसाईकल, कार, बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
भैरहवाबाट तौलिहवा जाने क्रममा लु ३८ प ९१९९ को मोटरसाईकल, बा १४ च ७४४८ नं. को कार र लु २ ख २३१ नम्बरको बस क्रस गर्ने क्रममा एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
मृतकको नाम ठेगाना थाहा हुन सकेको छैन । घटनाको बारेमा अनुसन्धान भैरहेको छ । घाइतेको उपचार मेडिकल कलेज भैरहवामा भइरहेको छ ।