ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जात व्यवस्थाः नेपाली समाज पिछडिनुको मूल कारण

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

हिन्दु सम्प्रदाय भन्नुनै वर्णमा आधारित सम्प्रदाय हो । सम्प्रदाय भन्नुको अर्थ नै सामाजिक विभाजन हो । जो अलग अलग मान्यता प्रथा र परम्परासँग आवद्ध भएर बाँचिरहेको हुन्छ । तसर्थ सामाजिक विभाजन भन्नु नै मानिसहरूको भिन्न कित्तामा बाँडिनु हो । हो, यही विभाजनको कारणले नेपाली समाज अनेकौ तहमा विभाजित रहेको छ । यो विभाजनको वर्गरेखा आफै सिर्जना भएको होइन । यस बारेमा दुर्गाहाङ याखाराईको भनाई छ—सामाजिक रूपमा उच्चता प्राप्त सम्प्रदाय ब्राह्मण समुदायले जातीय विभेद सम्बन्धि केही कठोर नियमहरू समाजमा लागु गरे । ती नियमहरूलाई ईश्वरीय—वाक्यको नाम दिए । परिमाणत् के भयो भने समाजमा अन्तर्जातीय कुटुम्बेरीप्रथा कायम हुन गयो र एक अर्कामा भातपानी नचल्ने भयो । जो जातीय विभेदकाविरुद्धमा बनेका कानुनी तथा संवैधानिक प्राबधानहरूलाई लत्याउँदै समाजमा जिउँका तिउँ कायम छ ।(याखाराईः २०५३)
सामुदायिक रूपमा वर्णविभाजनको इतिहास निकै लामो छ । नेपालमा वर्णव्यवस्था र वर्ग—सङ्घर्ष नामको कृतिमा लेखक आहुति लेख्छन्—“दक्षिण एसियाली उप–महाद्वीपको आजको भारतमा करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । करिब दुई हजार वर्षपहिले ब्राह्मण राजा मनुको शासनकालमा वर्णव्यवस्थामाथि छुवाछूतसमेत लादियो । त्यस बेलादेखि समाजको सबैभन्दा तल परेका श्रमजीवी जनताबीच फूट पार्न र शोषकवर्गीय कथित उच्चजातीय शासनलाई दीर्घजीवी बनाउन छुवाछूतसहितको वर्णव्यवस्थालाई व्यवस्थितरूपमा कठोर पार्दै लगियो । त्यस क्रममा हिन्दूधर्मीय शासन एसियामा जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छुवाछूतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । भारतबाट हिन्दूधर्मीय शासक र जनता आजको नेपालखण्डमा प्रवेश गर्ने क्रमसँगै यहाँ पनि यो वर्णव्यवस्था आइपुगेको कुरा इतिहाससिद्ध भइसकेको छ । (आहुति, २०६७)
वास्तवमा जातव्यवस्था वा जातविभाजन भन्नु नै अपमिश्रण हो । यसको अर्थ खास जातीयसमुदाय एकअर्कामा घुलमिल हुन नसक्नु हो । अथवा जातीय विभाजनले मानिसहरूलाई अन्तरघुलन हुँनबाट रोक्छ । यससम्बन्धमा भारतीय विद्धान सेनार भिमराव अम्बेडकरलाई उधृत गर्दै भन्छन्—अपमिश्रण जातको प्रकृति हो । अपमिश्रणकै कारण खानपान, विवाह व्यवहार, पूजा समारोह आदि निश्चित विधानबाट निर्देशित हुन्छन् । यो कुनै जातसँग सम्बन्धित् छैन । यो मुख्य रूपमा पूजा—समारोह, शुद्धताको सामान्य सिद्धान्तको पोषण तत्व हो । उनले यसलाई सांस्कृतिक पक्षको रूपमा व्याख्या गरेका छन् । अपमिश्रणको सिद्धान्तलाई जातसँग जोडिएको छ । हिन्दु समाजमा पुरेहित वर्गको श्रेष्ठता छ । पुरोहित र पबित्रताबीच पुरानो सम्बन्ध छ । मुख्य कुरा अपमिश्रणको सिद्धान्त त्यतिवेला मात्रै लागु हुन्छ, जब कुनै जातको धार्मिक स्वभाव हुन्छ । पुरोहित वर्गले हिन्दू समाजमा धार्मिक स्वभावलाई संस्थागत गर्न सहयोग गर्छ । (मधेश अध्ययनः२०१७, पेज ८८,८९)
नेपाली समाजलाई वर्ण विभाजनले खण्डित गरेको छ । सम्भवतः नेपाल राज्यले आफ्नो आकार लिनुभन्दा पहिल्यै यस भूभागमा जातव्यवस्थाको जग बस्न गयो र संस्थागत रूपमा विकास हुँदै गयो । अध्येता आहुतिका अनुसारर दक्षिण एसियाली उप—महाद्वीपको आजको भारतमा करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । करिब २ हजार वर्षपहिले ब्राह्मण राजा मनुको शासनकालमा वर्णव्यवस्थामाथि छुवाछुत समेत लादियो । त्यस बेलादेखि समाजको सबैभन्दा तल परेका श्रमजीवी जनताबीच फूट पार्न र शोषकवर्गीय कथित उच्च जातीय शासनलाई दीर्घजीवी बनाउन छुवाछुतसहितको वर्णव्यवस्थालाई व्यवस्थित रूपमा कठोर पार्दै लगियो । त्यस क्रममा हिन्दूधर्मीय शासन एसियामा जहाँ—जहाँ फैलियो, त्यहाँ—त्यहाँ त्यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । भारतबाट हिन्दूधर्मीय शासक र आम सर्वसाधारण आजको नेपालखण्डमा प्रवेश गर्ने क्रमसँगै यहाँ पनि यो वर्णव्यवस्था आइपुगेको कुरा इतिहाससिद्ध भइसकेको छ । (आहुति, २०६७)
कालान्तरमा ऐतिहासिक कालखण्ड पार गर्दै आजको नेपालको जग खडा भयो । गोपाल, महिषपाल, किरात, लिच्छबि, मल्ल, शाह, राणा तथा पुनः शाहकाल र बर्तमान गणतन्त्र नेपालको स्वरूप आजको इतिहासको जीउँदो स्वरूप हो । ती सबै राज्यका स्वरूपहरू कहिँ न कहिँ, कुनै न कुनै रूपमा छुवाछुतजन्य वर्णव्यवस्थाको पृष्ठपोषक रहन पुगे । फलस्वरूप असली हिन्दूस्थान निर्माणको जगलाई साकार पार्न प्रथम राणा शासक जंगबहादुर राणाले पहिलो मुलुकी ऐन—१९१० को निर्माण गर्दै जातव्यवस्थालाई संहिताकरण गरिदिए । (आहुति, २०६७)
विश्वपरिवेशमा आएको परिवर्तन, संयुक्त राष्ट्रसंघको स्थापना पश्चात स्थापना भएका मानवतावादी संगठनहरू, विभिन्न घोषणापत्र तथा जातीय तथा रंगभेद विरुद्धका प्रावधानहरूको दवामस्वरूप तत्कालिन राजा महेन्द्रले २०२० सालमा मुलुकी ऐनलाई संशोधन गरि जातीय भेदभावका कानुनी प्रावधानहरूलाई खारेज गरिदिए । त्यसपछि मात्र नेपालमा नारी र पुरुषको दुई जातीय अवधारणको विकास हुन थालेको हो । कालक्रमअनुसार शिक्षामा भएको विकास, आर्थिक तथा सामाजिक रूपमा हुँदै गएको विकासको कारणले जातव्यवस्था मानिसले बनाएको समाजव्यवस्था हो भन्ने चेतना फैलिदै गयो र जातीय समानताका मुद्धाहरू छरपष्ट हुँदै गए । यसबीचमा राजनीतिक तथा सामाजिक परिवर्तनका अनेकौ आन्दोलनहरू भए । बि.सं. २०४६ सालको परिवर्तनले थोरै मात्रामा भएपनि नेपाली समाजले परिवर्तनको ढोका खोल्यो । वि.सं. २०५२ सालमा नेपाली कम्युनिष्टहरूको एक घटक नेपाल कम्युनिष्ट पाटी(माओवादी)ले आमूल राज्यसत्ता परिवर्तनको मुद्धा बोकेर जनयुद्ध शुरु ग¥यो । सोही शक्तिको आडभरोषामा २०६२/६३ मा संयुक्त जनआन्दोलन भयो र आन्दोलनको बलमा संसद पुनर्जीवित हुन गयो । सो पुनर्जिवित संसद्ले अन्तरिम संविधानको निर्माण गरि २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई पाखा लगायो । संविधानसभा मार्फत गणतान्त्रिक संविधानको निर्माण खातिर २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । तर सो संविधानसभाले संविधानको निर्माण गर्न सकेन । अनेको परिवन्धको चेपुवामा परि पहिलो संविधान सभा विघटन हुन पुग्यो । फलतः दोश्रो संविधान सभाको चुनाव हुन गयो र त्यसरी स्थापना हुन पुगेको दोश्रो संविधान सभाले नेपालको संविधान—२०७२ जारी गर्न सफल भयो ।
नेपालको संविधान—२०७२ ले नेपाली जनताको संवैधानिकहकको सरनिश्चिता गरेको छ । संविधानको धारा १६ देखि धारा ३९ सम्म विविध आधारभूत हकअधिकारको ग्यारेण्टी गरेको छ । धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको प्रत्याभूत गरेको छ । धारा ४० मा दलित समुदायको हकको सुनिश्चिततालाई लिपिवद्ध गरेको छ ।
वर्णव्यवस्थाको शुरुवात र सो वर्णव्यवस्थालाई छुवाछुतजन्य अपराधमा रूपान्तरण गरे पछि समाजको एक सिंगो वर्गले लामो कालखण्डसम्म अपमानित भएर रहनु प¥यो । ती कष्टसाध्य कालमा अछुतपनाले एकवर्गका मानिसहरूलाई यति आक्रान्त पा¥योकि उनीहरूका बसोबास अलग्गै भए । धारापनी अलग्गै भए । पेशाको स्वतन्त्रताबाट बञ्चित हुन पुगे । सबैभन्दा ठूलो कुरो त शिक्षा आर्जनबाट बञ्चित हुन पुगे र सयौं हजारौ वर्षसम्म निरक्षर भएर रहन बाध्य भए । त्यो निरक्षरताले अन्धकारयुक्त कालकोठरीको निर्माण ग¥यो । जीवनका यावत उज्यालाहरूबाट सो समुदाय वन्चित हुन पुग्यो । पाप, धर्म, स्वर्ग, नर्कको जंजालमा फसेर आफ्नो बेहालीलाई कर्मको फलसँग जोडेर नारकीय जीवन जीउन अभिषप्त भयो ।
नेपालको संविधान—२०७२ को प्रस्तावना
हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात्गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकविभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिगमताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेसस्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।
भनिन्छ नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो । संविधान निर्माता एकपक्षकाअनुसार यो संविधान हजारौ सहिदहरूको बलिदानबाट प्राप्त भएको संविधान हो । प्रस्तावनामा मुख्यरूपमा उल्लेखित सारभूत कुरा—“सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न” लाई मनन गर्नेहोभने संविधानले महान उद्देश्य बोकेको छ । प्रस्तावनामा मात्र होइन विभिन्न धाराउपधारामा सामाजिक न्यायका प्राबधानहरू राखिएको छ । यही संविधानको जगमा आधारमा बनेका कानुनहरूले पनि छुवाछुतप्रथालाई निस्तेज पार्न अहम् भूमिका खेलेका छन् । नेपालको संविधान, २०७२ बन्नुभन्दापहिले नै २०६८ सालमा नेपाली समाजमा रहेको छुवाछुत प्रथालाई कानुनको दायराभित्र ल्याई सजाय निर्धारण गर्न जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ जारी गरी छुवाछुत तथा भेदभावलाई दण्डनीय घोँषणा गर्ने कम गने जमर्को गरिएको छ ।
संविधान तथा कानुनमा भेवभाव तथा छुवाछुतजन्य क्रियाकलापलाई कानुनमार्फत निस्जेत पार्न प्रयत्न गएितापनि व्यवहारिक रूपमा समाजबाट छुवाछुत तथा भेदभावजन्य व्यवहार घट्न सकिरहेको छैन । विभेदीकरणको सिर्जनाको हजारौ वर्ष, मुलुकी ऐन निर्माणको १ सय एकहत्तर वर्ष, राजा महेन्द्रबाट संशोधन भइ जारी भएको नयाँ मुलुकी ऐन २०२०, नेपाल अधिराज्यको संविधान २०४७, अन्तिरिम संविधान २०६३ तथा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ जारीहुँदासम्म पनि समाजबाट विभेदका सुक्ष्म किटाणुहरू हट्न सकेका छैनन् । व्यक्तिगत स्वतन्त्रताको नाममा, मौलिकहकको नाममा, प्रथापरम्पराको नाममा तथा सामाजिक प्रचलनको नाममा विभेदहरू ज्यूँका त्यूँ रहेका छन् र जनसंख्याको ठूलो हिस्सा विभेद सहेर बाँच्न विवस बनेको छ ।
प्रथाजन्य विभेदलाई लिपिबद्ध गर्दाः
क. गाउँघरमा मात्र होइन, सहरबजारमा समेत घरभाडा पाउन नसकिने ।
ख. कथम् पाइहाले पनि जातथर थाहा पाएपछि अनेक बहाना गरी डेराबाट बेदखल गर्ने ।
ग. सम्बोधन गर्दा तँ, तिमी, तपाईंमध्ये सकेसम्म अघिल्ला दुई नाम प्रयोग गर्ने ।
घ. पुजाआजामा सामेल नगर्ने र गर्नै परे, दुरी कायम गरि सत्कार गर्ने ।
ङ. जन्त, मलामा जाँदा सकेसम्म बहाना गरि पन्छिने र गइहाले पनि खुलेर सहभागी नहुने ।
च. घरपुजा, वास्तुपुजा, छोराको ब्रतबन्ध तथा छैटी न्वारनमा निम्तो नगर्ने ।
छ. छोराको बिहेको जनैसुपारी र छोरीको मगनी रीतिमा सकेसम्म सामेल नगराउने ।
ज. पुजाआजाको समयमा कन्यापुजनको बेला संघियारका छोरीचेलीलाई पाखा लगाउने ।
झ. मरो पर्दा शवयात्रामा सामेल हुने तर १३ औं दिनको पुण्यतिथिमा सामेल भइ प्रसाद ग्रहण गर्न इन्कार गर्ने ।
ञ. बाटोकाटदा जहिले पनि बाँयाहात पारेर कुनो समाउने ।
ट. जानअन्जानमा कसैलाई दुर्बचन भन्नुप¥यो भने पुराना जातीय विभेदजन्य उपमाहरू प्रयोग गर्ने । उदाहरणको रूपमाः कामीदमाईका छोराछोरी जस्ता, कामीले घिचेजस्तो रक्सी घिच्ने, कामीले लैजाओस् नलैजाओस् कमिनीको स्वाँङ, अनुहारै कामी दमाईको जस्तै ।
ठ. कामीदमाई लगायत कथित तल्लो जातिका समुदायहरूको सम्पत्ति बेचबिखनमा समस्या ।
ड. सकेसम्म कामी, दमाई, सार्कीइतर जातको घरघडेरीसँग आँठो जोडाएर घरघडेरी किन्न नखोज्ने।
ढ. सकेसम्म अन्तरजातीय विवाहलाई निस्तेज पार्ने र कथम् भइहाल्यो भने बुहारी तथा ज्वाईलाई घरभित्र प्रवेश गर्न नदिने । छोरालाई सम्पत्ति नदिने । छोरीलाई ढोगभेट नदिने ।
ण. मागी विवाह हुन नसकेको अवस्थामा भागी विवाह गर्दा बलात्कारको आरोप लगाई सजाय माग गरी थुनामा पठाउने ।
त. जातीय तथा सामाजिक मर्यादाको दुहाइ दिँदै ज्वाई वा छोरीको हत्या गर्नसमेत पछि नपर्ने ।
थ. सुदूरपश्चिमलगायत कतिपय स्थानमा कथित तल्लो जातीसमुदायले विवाहसमारोमा डोली बोक्न, घोँडा चढ्न, रामरमाइलो गर्नबाट बञ्चित गर्ने ।
संवैधानीक हिसाबले नेपाल धर्मनिरपैक्ष राष्ट्र हो । यी तथ्यहरूलाई नेपालको संविधान, २०७२ ले अनुमोदन गरेको छ । सदियौं पहिलेदखि हिन्दूपरम्पराबाट सञ्चालित समाज भएको कारणले यसका सामाजिक आचारविचारहरू पनि सोही हिन्दूसंस्कारगतरूपमा चलायमान छन् । सोही कारणले संविधानले प्रत्याभूत गरेका कतिपय कुराहरूलाई समाजमा लागु गर्न सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?